३ जेष्ठ २०८२, शुक्रबार

एकैदिन थपिए नेपालमा १० हजार बढी संक्रमित
  • न्युज मानसराेवर

बाँके\ पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८२८ नमूना परीक्षणमध्ये ८७३० पीसीआर र १५२८ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  हालसम्मको मृत्यु संख्या ११ हजार ६२४ छ ।

मन्त्रालयका अनुसार थप ५६२ जना संक्रमणमुक्त भएका छन् ।  हाल मुलुकभर ३९ हजार ४४ सक्रिय संक्रमित छन् ।

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख १७ हजार ५४७ पुगेको छ ।

  • ४ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech