४ जेष्ठ २०८२, शनिबार

प्युठान जिप दुर्घटना : गौमुखीमा आज शोक बिदा, मृतकका परिवारलाई ५० हजार राहत
  • न्युज मानसराेवर

बाँके\ हिजो शनिबार प्युठानमा भएको जिप दुर्घटनामा परी मृत्यु भएका परिवारलाई स्थानीय सरकारले नगद राहत दिने निर्णय गर्नुका साथै उनीहरुको शोकमा एक दिन बिदा दिएको छ।

गौमुखी गाउँपालिकाले राहत र बिदाको निर्णय गरेको हो। दुर्घटनामा सो गाउँपालिकाका सातसहित आठ जनाको ज्यान गएको थियो। नौबहिनी गाउँपालिकाबाट बेहुली लिएर फर्कँदै गरेको जिप लिवाङको ओखरपाटा नजिकै दुर्घटना हुँदा गौमुखी गाउँपालिकाका सात जना र नौबहिनी गाउँपालिकाका एक जनाको ज्यान गएको थियो।

दुर्घटनाले सिंगो गाउँपालिका शोकमा डुबेको भन्दै आज बिदा दिइएको अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए।

  • २३ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech