पेटमा ग्यास भरिने, कब्जियत हुने, पखला लाग्ने जस्ता समस्यालाई हामी सामान्य ठान्छौं । कतिपय अवस्थामा यी सामान्य पनि हुन् । खानपान र दिनचर्या नमिल्दा यस्ता समस्या उत्पनन हुनसक्छ । तर, सधै यहि अवस्था रहिरहेमा ?
यो अवस्था निरन्तर रहेमा सर्तक हुनैपर्छ । किनभने यसले के संकेत गर्छ भने, ठूलो आन्द्रामा कुनै न कुनै समस्या छ ।
सामान्यतः इरिटेबल बाउल सिन्ड्रोमलाई (आईबीएस) ठूलो आन्द्रा सम्बन्धि एउटा समस्या हो । यो समस्या भएमा ठूलो आन्द्राले राम्ररी काम गर्न सक्दैन । जसका कारण पेट दुख्ने, पेट फुल्ने, बेचैनी हुने, पेटमा ग्यास भरिने तथा पखाला लाग्ने तथा कब्जियत हुन लगायतका समस्या उत्पन्न हुने गर्छ ।
चिकित्सकिय भाषामा इरिटेबल बाउल सिन्ड्रोमलाई स्पैस्टिक कोलन, इरिटेबल कोलन तथा म्युकस कोइलटिस पनि भन्ने गरिन्छ । आइबीएसले आन्द्रालाई खराब गर्दैन । तर आन्द्रा खराब भएको संकेत गर्छ ।
यो समस्या आन्द्राको गम्भीर समस्या भएकोले लामो समयसम्म उपचार गर्नु पर्ने हुन्छ ।
के हो लक्षण
आईबीएस भएमा पेट बाउडिने
भोक नलाग्ने
कब्जियत
पखाला लाग्ने
पेटमा ग्यास भरिने गर्छ ।
अमिलो पानी आउने, तल्लो पेट दुख्ने, पेटमा आउ पर्ने लगायतको लक्षण देखा पर्ने गर्छ
दूध, अण्डा, काउली, सिमी लगायतका निश्चित खानपानका कारण पनि आन्द्रामा समस्या हुने गर्छ ।
यसकारण हुन्छ
आइबीएसको निश्चित कारण अझै थाहा हुन सकेको छैन । यद्यपी, आन्द्राको मांसपेशीले राम्ररी काम नगर्दा यस्तो समस्या निम्तने गर्छ । आन्द्राको असाधारण खुम्चने प्रक्रियाकै कारण आन्द्राले राम्ररी काम गर्न सक्दैन र पेट दुख्न थाल्छ ।
कयौ मानिसलाई तनावका कारण यस्तो समस्या हुने गर्छ । तनाव भएमा एड्रिनल ग्रन्थीबाट एड्रेनैलिन तथा कार्टिसाल नामको हर्मोनको श्राव हुन्छ । तनावकै कारण पूरै चापन तन्त्रमा जलन हुनथाल्छ जसले गर्दा पाचन नलीमा सुजन हुन्छ, जसका कारण शरीरले पोषण तत्व पाउदैन ।
आइबीएसको समस्या पुरुषको तुलनामा महिलाहरुलाई दोब्बर हुने गर्छ । महिलाहरुमा हर्मोनको गडबडी पनि आईबीएस् (इरिटेबल बाउल सिन्ड्रोम)को कारण हुनसक्छ । कयौ महिलामा महिनावारीको समयम यो समस्या धेरै हुने गर्छ ।
संवेदनशील आन्द्रा वा कमजोर रोग प्रतिरोधक क्षमताका कारण पनि यस्ता समस्या पैदा हुन सक्छ ।
त्यस्तै, पेटमा व्याक्टेरियाको संक्रमणका कारण पनि यस्तो समस्या हुन सक्छ ।
कसरी थाहा पाउने ?
इरिटेबल बाउल सिन्ड्रोम पेटसित सम्बन्धित समस्या भएकोले यसबारे जान्न निकै जरुरी छ । किनकी शरीरमा देखा पर्ने कयौ रोगको पनि यस्तै लक्षण हुने गर्छ ।
विशेषगरी दिशामा रगत देखिएमा, तौल अचानक कम भएमा, खान मन नलागे, तथा विरामीलाई कैसर देखा परेको छ भने यसको उचित जाच गर्नु उपर्युक्त हुन्छ ।
उपचार विधि
इरिटेबल बाउल सिन्ड्रोमको उपचार सरल छ । तर उपचारद्धारा यो रोग तथा यसका कारण हुने रोगको उपचार हुन भने पक्कै समय लाग्छ ।
यो रोग लागेमा सन्तुलित तथा पौष्टिक आहार खान तथा नियमित रुपमा खान चिकित्सकहरु सल्लाह दिने गर्छन् ।
यस्तो समस्या भएमा न त एकैपटक धेरै खानु हुन्छ, न त कम । ज्यादा समय भोकै बस्नुले पनि समस्या निम्त्याउन सक्छ ।
त्यस्तै यस्तो समस्या भएमा जंकफुडबाट टाढै बस्नुपर्छ । फाइबरयुक्त आहारको सेवन उचित मानिन्छ ।
यही रोगकै कारण विरामीलाई ज्वरो आउने तथा पखालाका कारण शरीरमा पानीको कमी हुनाले निकै समस्या हुने गर्छ । त्यसको रोकथामको लागि सबैभन्दा पहिले विरामीलाई औषधी दिइने गरिन्छ र त्यसको असर हेर्नका लागि तुरुन्तै फेरी बोलाउने गरिन्छ ।
इरिटेबल बाउल सिन्ड्रोममा विरामीलाई तनाव समेत हुन सक्छ, जसका कारण यो समस्या गम्भीर बन्न सक्छ । त्यसैले , इरिटेबल बाउल सिन्ड्रोम भएमा तनावबाट राहत पाउन निकै जरुरी छ ।