६ जेष्ठ २०८२, सोमबार

मानव बचाउ भन्दै काँग्रेसको ध्यानाकर्षण
  • न्युज मानसराेवर

बाँके\ नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर १ ले दैनिक जसो बाघको आक्रमणबाट स्थानीयबासीको ज्यान गएको र घाइते बनाएको भन्दै तत्काल बाघलाई नियन्त्रणमा लिएर उचित व्यवस्थापन गरी मानव र मानव बस्तीलाई सुरक्षित बनाउन माग गर्दै बाँकेका सिडिओलाई ध्यानाकर्षण गराएको छ ।

काँग्रेस बाँके क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसीको नेतृत्वमा गएको काँग्रेसको एक टोलीले आइतबार उक्त ध्यानाकर्षण पत्र बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीलाई बुझाएको हो ।

 

  • ८ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech