बाँके\प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता दीपक मिश्र र पुण्यप्रसाद खतिवडाले महाभियोग प्रस्तावविरुद्ध दायर गरेको रिट बिहीवार सर्वोच्च अदालतमा दर्ता भएको हो ।
रिटमा महाभियोग प्रस्ताव नै खारेजीको माग गरिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले लोकान्तरलाई जानकारी दिए । महाभियोग यथास्थितिमा रहँदा पनि जबरालाई प्रधानन्यायाधीशकै हैसियतमा कामकाज गर्न दिनुपर्ने माग पनि रिट निवेदनमा गरिएको छ ।सत्ता गठबन्धनका ९८ सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दायर गरेका थिए ।