२४ जेष्ठ २०८२, शुक्रबार

कोहलपुरमा अनेमसंघ मार्फत चार सय महिलालाई एमालेले नेतृत्व हस्तान्तरण गर्यो
  • न्युज मानसराेवर

कोहलपुर\ नेकपा एमालेले कोहलपुर १४ वटा वडामा अखिल नेपाल महिला (अनेम) संघ  वडा स्तरीय कमिटी विस्तार गरेको छ ।नेकपा एमालेले चुनाव लक्षित कार्यरणनिति अनुसार बाँकेका ८१ वटै वडाहरुमा एमालेका भातृय संगठन विस्तार रणनिति अख्तियारी गरेको छ ।

अनेम संघमा  आज कोहलपुरमा एमालेले ४ सय महिला नेतृहरुलाई वडाको जिम्मेवारी हस्तान्तरण गरेको हो ।कोहलपुर नगरपालिका वडा ४ बाहेक सबै वडाहरुमा करिब १५ सय महिलाहरुको भेला बाट ४ सय जना महिला नेतृहरुलाई अनेमसंघमा आवद्ध गराएको हो ।

अभियानमा नेकपा एमालेका केन्द्रिय सदस्य प्रदेश कमिटी सदस्य र जिल्ला कमिटी सदस्यहरु प्रिचालित गराइएको एमाले केन्द्रय सदस्य सुर्य ढकालले जानकारी गराएका छन।

ढकालले दिएको जानकारी अनुसार वडा न १५ मा भकौति विष्टको अध्यक्षतामा २७ सदस्य , वडा न १४ मा अनिता विकको अध्यक्षतामा ३५ सदस्य , वडा न १३ शुशिला डागीको अध्यक्षतामा २३ सदस्य वडा न १२ मा शान्ति थापाको अध्यक्षतामा ३३ सदस्य वडा न ११ मा गिता चलाउनेको अध्यक्षतामा ३१ सदस्य वडा न १० मा रुकमणी पौडेको अध्यक्षतामा ३१ सदस्य यसै गरी वडा न ९ मा शोममाया महत्वको अध्यक्षतामा ३१ सदस्य वडा न ८ मा विष्णु वलीको अध्यक्षतामा ३१ सदस्य , वडा न ७ लीला चौधरीको अध्यक्षतामा २७ सदस्य , वडा न ५ सुनिता तिवारीको अध्यक्षतामा ३१ सदस्य वडा न ३ मा कृष्णा शाहीको अध्यक्षतामा ३७ सदस्य वडा न २ लक्ष्मी सिह ठकुरीको अध्यक्षमा ७३ सदस्य कमिटी विस्तार गरेको छ ।

वडा न १ मा यस अघि नै अनेम संघ विस्तार गरिसकीएको छ । भने वडा न ४ मा अनेमसंघ विस्तार गरिने बताइएको छ ।अनेमसंघ विस्तार गर्नाका लागि प्रदेश कमिटी सदस्य होम प्रकाश सुवेदी ,आरती पौडेल नरेन्द्र शर्मा गोपाल गीरी ,सुरेन्द्र थापा पुजन विश्वकर्मा प्रेम भूसाल जिल्ला कमिटिी सदस्य  विजुकला अधिकारी नेता कुश्मा बस्याल खेम शर्मा लगाएत नेताहरु वडा स्तरमा परिचालित भएका थिए ।

 

  • १३ फाल्गुन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech