६ जेष्ठ २०८२, सोमबार

वडाध्यक्ष कार्कीको सवारी दुर्घटनामा निधन
  • न्युज मानसराेवर

सुर्खेत\ मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगंगा नगरपालिका( १ का वडाध्यक्ष नवराज कार्कीको निधन भएको हो।

वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौंको न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। नेकपा माओवादी केन्द्रबाट जननिर्वाचित ३० वर्षीय कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ गते ठक्कर दिएको थियो।

रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका(१२ छिन्चु बजारनजिक नेपालगञ्जबाट सुर्खेत आँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे६प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी घाइते भएका थिए।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो। कार्की सुर्खेतका निर्वाचित वडाअध्यक्षहरुमध्ये सबैभन्दा कान्छा वडा अध्यक्ष थिए।

  • १४ फाल्गुन २०७८, शनिबार प्रकाशित

  • Nabintech