६ जेष्ठ २०८२, सोमबार

राणाले फिर्ता लिए उम्मेदवारी
  • न्युज मानसराेवर

बाँके\नेपाली कांग्रेस बाँकेको १४ औं जिल्ला अधिवेशन अन्तरगत सभापति पदमा उम्मेदवारी दर्ता गराएका नेता सुनिलनरसिंह राणाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । उनी वर्तमान जिल्ला उपसभापति हुन् । राणाले शनिबार अपरान्ह ४स्२५ बजे जिल्ला समन्वय समितिमा पुगेर सभापतिको उम्मेदवारी मनोनयन फिर्ता लिएका हुन ।

उनको प्रस्तावकमा नवीन कुमार भट्ट र समर्थकमा युवराज शाह बसेका थिए । राणाले सभापतिसहित महासमिती सदस्यमा पनि उम्मेदवारी दर्ता गराएका थिए । सभापतिमै बादसा कुर्मी, सुरेन्द्रबहादुर हमाल र नारायणप्रसाद गौडेलले पनि दर्ता गराएका छन । यस्तै उप(सभापतिमा गोपालप्रसाद अधिकारी, राजकुमार मौर्य, सुदिपनरसिङ राणा र कृष्ण कार्कीले उम्मेदवारी दर्ता गराएका छन । यस्तै सचिवमा सुधान्सु कोइराला, टंकप्रसाद काफले ९आशिस०, रबिन्द्र हमाल र सन्जुकुमारी चौधरीले उम्मेदवारी दर्ता गराएका छन ।

यसैगरी सह(सचिवमा रेणुसिंह ठाकुर, बिश्वराज लम्साल, पुर्णकुमार सिंह ठकुरी (पुरन) र बिनोद थारुले उम्मेदवारी दर्ता गराए । आज बिहान ९ बजेदेखी बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । आजै बेलुका ५ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन अधिकृत उदयमणि आचार्यले जानकारी दिए । निर्वाचन कार्यक्रम अन्तरगत मतदान भने फागुन १९ गते सम्पन्न गरिने जिल्ला निर्वाचन परिचालन समितिका सदस्य ९प्रवक्ता० अर्जुन ओलीले जानकारी दिएका छन ।

  • १४ फाल्गुन २०७८, शनिबार प्रकाशित

  • Nabintech