६ जेष्ठ २०८२, सोमबार

कांग्रेस बाँकेमा को-को भए निर्विरोध निर्वाचित ?
  • न्युज मानसराेवर

बाँके\नेपाली कांग्रेस बाँकेको जिल्ला कार्यसमिति सदस्यमा ५ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचिन अधिकृत उदयमणि आचार्यका अनुसार जिल्ला सदस्यमा भुगोलतर्फ डुडुवा गाउँपालिकाबाट कुन्नीकुमारी कलवार (भुगोल महिला खुल्ला)  र खेमनाथ अधिकारी(भुगोल खुल्ला) निर्वाचित भएका छन् ।

यस्तै बैजनाथ गाउँपालिकाबाट कोकिला शर्मा (भुगोल महिला खुल्ला), समावेशीतर्फ अपांगता कोटाबाट अमृतकुमार आचार्य र थारु महिला कोटाबाट लालतादेवी थारु निर्विरोध निर्वाचित भए । निर्वाचन अधिकृतको कार्यालय बाँकेले शनिबार बेलुका प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावलीबाट उनीहरुलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

महासमिति सदस्यमा क्षेत्र नम्बर १ बाट मधेसी कोटामा कृष्णचन्द्र मौर्य र मुस्लिम कोटामा ईशाक जोलाह निर्वाचित भएका छन् । यस्तै क्षेत्र नम्बर २ बाट महासमिति सदस्यमा खुल्ला महिला कोटाबाट भारती जोशी र माया पुन तथा दलित कोटाबाट मैकुलाल बाल्मिकी र मुस्लिम कोटाबाट निजामुद्धिन अन्सारी ९छोड्काउ० पनि निर्विरोध निर्वाचित भएका छन् । बाल्मिकी कांग्रेसको केन्द्रीय सदस्य पनि हुन् ।

 

नेपालगन्ज स् नेपाली कांग्रेस बाँकेको जिल्ला कार्यसमिति सदस्यमा ५ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचिन अधिकृत उदयमणि आचार्यका अनुसार जिल्ला सदस्यमा भुगोलतर्फ डुडुवा गाउँपालिकाबाट कुन्नीकुमारी कलवार९भुगोल महिला खुल्ला० र खेमनाथ अधिकारी ९भुगोल खुल्ला० निर्वाचित भएका छन् ।

यस्तै बैजनाथ गाउँपालिकाबाट कोकिला शर्मा ९भुगोल महिला खुल्ला०, समावेशीतर्फ अपांगता कोटाबाट अमृतकुमार आचार्य र थारु महिला कोटाबाट लालतादेवी थारु निर्विरोध निर्वाचित भए । निर्वाचन अधिकृतको कार्यालय बाँकेले शनिबार बेलुका प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावलीबाट उनीहरुलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

यसैगरी महासमिति सदस्यमा क्षेत्र नम्बर १ बाट मधेसी कोटामा कृष्णचन्द्र मौर्य र मुस्लिम कोटामा ईशाक जोलाह निर्वाचित भएका छन् । यस्तै क्षेत्र नम्बर २ बाट महासमिति सदस्यमा खुल्ला महिला कोटाबाट भारती जोशी र माया पुन तथा दलित कोटाबाट मैकुलाल बाल्मिकी र मुस्लिम कोटाबाट निजामुद्धिन अन्सारी ९छोड्काउ० पनि निर्विरोध निर्वाचित भएका छन् । बाल्मिकी कांग्रेसको केन्द्रीय सदस्य पनि हुन् ।

त्यसैगरी महासमिति सदस्यमा नै खसआर्य तर्फबाट युवराज शर्मा, मधेसी कोटाबाट दुखीराम लोनिया, दलितबाट आशा बिक र थारु कोटाबाट चन्तराम थारु निर्विरोध निर्वाचित भए । उनीहर चारै जना क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन् । निर्विरोध निर्वाचित भएका शर्मा राष्टिय सभाका सदस्य हुन् ।

यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधीमा अपांगता कोटाबाट गोकर्णप्रसाद आचार्य र प्रदेश महाधिवेशन प्रतिनिधीमा अपांगता कोटाबाटै जंगबहादुर डाँगी निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध हुन नसकेका अन्य उम्मेदवारलाई यही फागुन १९ गते हुन लागेको निर्वाचनमा प्रतिस्पर्धा गराइने निर्वाचन समितिले जनाएको छ ।

  • १४ फाल्गुन २०७८, शनिबार प्रकाशित

  • Nabintech