बाँके\ नेकपा एमाले महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीशंकर पोखरेलले नेकपा कालमा प्रचण्ड र माधव नेपालले अध्यक्ष कमरेड केपी शर्मा ओलीका विरुद्धमा जे–जे विषय उठाएर विग्रह सिर्जना गरी पार्टी विभाजनमा भूमिका खेले, समयक्रममा ती सबै विषय छोडेर आफूलाई चरम अवसरवादी भएको प्रमाणित गरेको बताएका छन । पोखरेलले प्रचण्ड र माधव नेपालको साथमा रहनेहरु अझै अध्यक्ष ओलीलाई नै समस्या मान्दैछन् । यी तथ्यहरुले अब त सत्यसँग लड्न सकिँदैन र हुँदैन भन्ने चेतना उनीहरुमा समेत आउनुपर्ने हो सामाजिक सञ्जालमा पोखरेलले उल्लेख गरेका छन । शंकर पोखरेलले प्रचण्ड–माधवका १२ बुँदे व्याख्यात्मक टिप्पणी समेत गरेका छन। उनले गरेको टिप्पणी जस्ताको त्यस्तै
१ जनादेश खण्डित भएको अवस्थामा जनतामा जाने कुरालाई प्रतिगमन भन्ने प्रचण्ड र माधव नेपालले स्थानीय चुनावअगावै वैशाखमा प्रतिनिधिसभाको चुनाव गर्ने प्रस्ताव राखे । तर उनीहरुको प्रस्ताव एमाले र नेपाली कांग्रेस दुवैले अस्विकार गरे । पाँच वर्ष नपुग्दै चुनाव गर्नु गलत भए स्थानीय चुनाव रोक्नेगरी वैशाखमै प्रतिनिधिसभाको चुनाव गर्ने प्रचण्ड प्रस्ताव पनि त गलत हुन्थ्यो होला नि !
२ केपी ओली प्रधानमन्त्री हुँदा ४० प्रतिशत संसदीय दलका सदस्य भए दल विभाजन गर्न पाउने गरी ल्याएको अध्यादेशको विरोध गरे । नेपाली कांग्रेससमेतको विरोध भएपछि अध्यादेश फिर्ता गरियो । तर पछि २० प्रतिशतले नै दल विभाजन गर्न पाउने गरी अध्यादेश जारी गरे । एमाले पार्टीको विभाजनसंगै उक्त अध्यादेश फिर्ता लिए ।
३पार्टी एकताका लागि प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद छोड्नु पर्ने मागसहित एक व्यक्ति, एक पदको कुरा गरे । तर पार्टी विभाजनपछि प्रचण्ड र माधव नेपाल दुवै आफैंले अघि सारेको मान्यताविपरीत पार्टी र दल दुवैको एकसाथ नेता बन्न पुगे ।
४ नेकपाकालमा सभामुखमार्फत संसदमा एमसीसी टेबल गर्नमा रोक लगाए । तर कांग्रेसले दबाब दिनेबित्तिकै सभामुखमार्फत संसदमा टेबल गर्न लगाए ।
५एमसीसीमार्फत सहायता पाउनका लागि आफू सरकारमा रहँदा पत्राचार गरे । सरकारमै रहेका बेलामा संझौता समेत गरे । तर एमसीसी राष्ट्रघाती संझौता हो भन्दै कार्यदल बनाउनेदेखि सडक आन्दोलन गर्नेसम्मको रमिता देखाए । तर अहिले सत्ताबाट बाहिरिने त्रास बढेपछि एमसीसी पास गर्न तयार भए ।
६ नेकपा गठनपछि आफैंले छाडेको र पार्टीले अस्वीकार गरेको आलोपालोको कुरा गरेर आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्ने अनुचित काममा लागे । तर पछि सरकारमा आफ्नो नेतृत्वको दाबी छोडेर संसदमा आफ्नो हाराहारीमा रहेको कांग्रेस नेतृत्वको सरकारमा निशर्त सहभागी भए ।
७नेकपाकालमा सबै सूचकहरुले सरकारको काम राम्रो रहेको देखिँदा देखिँदै पनि सरकारले कुनै राम्रो काम गर्न नसकेको आरोप लगाएर नेतृत्वको विरोध गरे । तर अहिलेको गठबन्धन सरकारले अर्थतन्त्र नै तहसनहस बनाउँदा पनि चुप लागेर सरकारको प्रतिरक्षा गरिरहेका
छन् ।
८ माधव नेपालले सदैव आफूलाई विधि र पद्धतीको पक्षमा रहेको दाबी गरे । तर अन्त्यमा नेपालको संसदीय इतिहासमा सबैभन्दा धेरै विधि र पद्धती उलंघन गर्ने नेताका रुपमा आफूलाई प्रस्तुत गरे ।
९ अदालतमा सेटिङको आरोप केपी शर्मा ओलीमाथि लगाउने काम गरे । तर अदालतमा चलिरहेको आन्दोलनका क्रममा परमादेशी सरकार नै सेटिङबाट निर्माण भएको पुष्टि हुन पुग्यो । अनि अदालतमा विचाराधीन मुद्दा र स्थानीय निर्वाचन सार्नका लागि प्रधानन्यायाधिशमाथि महाअभियोग लगाउने काम गरे । निर्वाचन रोक्ने उद्देश्यले मुद्दा दर्ता गर्न लगाए ।
१० नेकपाको रक्षा आफ्नो नेतृत्वमा मात्र सम्भव हुने कुरा गरे । एकताको मर्म र भावनाविपरीत महाधिवेशनको सम्प्रभुतालाई समेत कुल्चँदै केपी शर्मा ओलीलाई अध्यक्ष, दलको नेता र पार्टीको साधारण सदस्यबाट समेत हटाए । तर अदालतमा नेकपाको नाममा विचाराधीन मुद्दामा ऋषि कट्टेलका पक्षमा फैसला भएपछि एकताको कुरा गर्न नै छोडे । यतिबेला माधव नेपाल र प्रचण्ड दुवै अलग–अलग पार्टीको मुखिया बन्न पुगेका छन् ।
११ हिजो नेकपा भएको समयमा केपी ओलीको नेतृत्वमा रहेर चुनावमा जानै नसकिने अवस्था छ भनेर भ्रम सिर्जना गरे । तर आज केपी ओलीको नेतृत्वको पार्टीलाई हराउन पाँच दलीय गठबन्धन अपरिहार्य रहेको बताउन थालेका छन् । चुननवमा जान खुट्टा कमाइरहेका छन् ।
१२ नेकपा भंग भएपछि नेकपा९एमाले०संग कुनै प्रकारको सहकार्य गर्न सकिँदैन भन्दै घृणाको राजनीति गरे । जब एमसीसी प्रकरणमा कांग्रेसले सरकारबाट हटाउने कुरा गर्न थाल्यो, तब नेकपा९एमाले०संग वामपंथी सहकार्यको प्रस्ताव राख्न पुगे ।
यी तथ्यहरुले विगतमा अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा लगाइएका सबै आरोपहरु कुण्ठाग्रस्त मानसिकताका उपज थिए । अनि उनीहरु दुवैबाट संचालित अभियानहरु सत्तास्वार्थबाट प्रेरित दक्षिणपंथी अवसरवादमा आधारित अभियान थिए भन्ने पुष्टि हुँदै गएको छ ।
यस्तो अवस्थामा प्रचण्ड र माधव नेपालको साथमा रहेकाहरुले नयाँ ढंगले सोच्ने बेला भएन र ?