बाँके\एमाले सांसद मोहन बानियाँ जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्। माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेका उजुरी परेको थियो।
सोही उजुरीका आधारमा सांसद बानियाँलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएपछि नेपालगन्ज विमानस्थलबाट पक्राउ गरिएको बाँकेका प्रहरी नायब उपरीक्षक ९डीएसपी० मधुसुदन न्यौपानेले जानकारी दिए।