बुटवल \ सैनामैना नगरपालिकामा तिन दिने लैगिंक समानता तथा सामाजिक समावेशीकरण परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । लुम्बिनी प्रदेश प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्को आर्थिक सहयोग तथा उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा तीन दिने परिक्षण संचालन गरिएको थियो । कार्यक्रममा सैनामैना नगरपालिका उप मेयर विना मगरले स्थानीय सरकारले भ्याय सम्म लैगिंक समानता तथा सामाजिक समावेशीकरणका आधारमा नीति तथा कार्यक्रमहरु संचालन गरेको बताइन ।मगरले स्थानीय सरकारले बनाएका कानून संघिय तथा प्रदेश सरकार संग बाजिने हुँदा पहिला संधिय ऐन र प्रदेश ऐन बन्न आवश्यक रहेको समेत बताइन। उप मेयर मगले आर्थिक रुपान्तरणका लागि विशेष गरी महिलाहरुको आत्म निर्भरतालाई ख्यालमा राखिएको समेत बताइन ।उनले यस कार्यक्रमबाट आएका सुझावहरुलाई ग्रहण गर्दै आगामी दिनमा थप लैगिंक समानता तथा सामाजिक समावेशीकरणका आधारमा विशेष कार्यक्रमहरु संचालन गर्ने बताइन । कार्यक्रममा सैनामैना नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद तिवारी वडा अध्यक्ष कार्यापालिका सदस्य विषयगत शाखा प्रमुख लगाएत कर्मचारीहरुको सहभागिता रहेको थियो ।