७ जेष्ठ २०८२, मंगलवार

जनतालाई लालपुर्जा उपलब्ध गराउन राष्ट्रिय भूमि आयोग सँग पूर्ण संझौता गर्यो बैजनाथले
  • न्युज मानसराेवर

बैजनाथ \बैजनाथ गाउँपालिकाले भूमिहिन दलित भूमिहिन सुकुमबासी अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा उपलब्ध गराउन राष्ट्रिय भूमि आयोग संग आज दोस्रो पटक कार्य संझौता गरेको छ । संझौतमा बैजनाथ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्तराज आचार्य र आयोगका सदस्य सचिव अमिर प्रसाद न्यौपानेले समेत उक्त संझौतमा हस्ताक्षर गरेका छन।

बैजनाथ गाउँपालिमा अध्यक्ष मान बहादुर रुचाल र राष्ट्रिय भूमि आयोगका अध्यक्ष केसव निरौला विच संझौता गरिएको हो ।नेकपा सरकारका बेला समेत राष्ट्रिय भूमि आयोग संग संझौता गरिएको थियो ।

बैजनाथमा कूल दश हजार ३ सय १५ परिवारले अब लालपुर्जा पाउन सहज हुने बताइएको छ । बैजनाथ गाउँपालिमा भूमिहिन दलित ९ सय २४ जना ,भूमिहिन सुकुमबासी एक हजार ६ सय २७ ,अव्यवस्थित बसोबासी सात हजार ७ सय ६४ परिवार रहेका छ ।अब उहाँहरुको कप्यूटरमा तथ्याक प्रविष्ट्री  (डाटा इन्टि)) हुने छ’।बैजनाथ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्तराज आचार्यले भनेका छन।’

हामीले लालपुर्जा दिनका लागि पहिला पनि काम गरेका छौँ’। अब आयोगले पासवर्ड बन्द गराएको थियो’। आज हामीले संझौता गरेका छौँ।’ उहाँहरुले पासवर्ड नयाँ दिनुभएको छ ‘। अब तिब्र रुपमा काम शुरु गछौँ। बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले भनेका छन’ । यस अघि केपी ओली सरकारका पालमा समेत   भूमि आयोग संग संझौता गरी  बैजनाथ गाउँपालिकाले कर्मचारी भर्ना तथा तथ्याक लिने तथा जग्गाको अवस्था बारे अध्ययन सम्पन्न गरिसकेको छ ।

  • २९ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech