७ जेष्ठ २०८२, मंगलवार

कस्तो रहला आजको मौसम?
  • न्युज मानसराेवर

बाँके\हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ। देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ।  मंगलबार देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ महाशाखाले जनाएको छ।

बुधबार भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन\चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। बिहीबार देशभर मौसम सामान्यतया सफा रहने छ।

  • १ चैत्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech