बाँके\ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री तथा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाबीच भेटवार्ता भएको छ ।
बिहीबार राति नेपालगन्जमा एमालेका अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच भेटवार्ता भएको हो ।उक्त भेटवार्तामा स्थानीय तहको चुनावमा कसरी तालमेल गर्न सकिन्छ भनेर छलफल भएको राप्रपाका महामन्त्री राणाले भनेका छन।
उनले भने,‘उता पाँच पार्टीबीच गठबन्धन भएपछि स्थानीय तह चुनावको तालमेल कसरी गर्न सकिन्छ, कसरी जाने, के गर्ने लगायतका विषयमा छलफल भएको हो । उहाँले आफनो पार्टीका साथीहरुसँग छलफल गर्छु भन्नुभएको छ ।
मैले पनि आफनो पार्टीमा कुरा राख्छु भने ।’उनले पाँच पार्टी बीच गठबन्धन भएपछि राप्रपा र एमालेलाई तालमेल गर्न बाध्यता भएको दाबी
गरे । उनले भने,‘ पाँच पार्टी एकातिर मिलेपछि दुबै तिरको बाध्यता भयो । यो प्रारम्भिक वार्ता हो ।’