९ जेष्ठ २०८२, बिहीबार

जोगिएला कोहलपुरमा एमाले विरासत ?
  • न्युज मानसराेवर

बाँके\कोहलपुर नगरपालिकामा एमालेको बिरासत जोगाउन एमालेले नगर प्रमुख र उप प्रमुखमा नयाँ नामहरु सिफरिस गरेको छ ।
आज बसेको नगर कमिटीको बैठकले नगर प्रमुखमा ३ जना र उप प्रमुखमा ३ जनाको नाम सिफारिस भएको एमाले कोहलपुरले जनाएको छ ।अघिल्लो निर्वाचनको विरासत जोगाउने कसरत शोरुप एमालेले नगर प्रमुखमा खिल प्रसाद भुसाल, बसन्ति अधिकारी र गोपाल गिरीको नाम सिफारिस गरेको  हो । एमालेले कोहलपुर उप प्रमुखका लागि रेशम खत्री, अनिता पौडेल र अस्मिता थारुको नाम सिफारिस गरेको छ ।

उप प्रमुखमा जातीय सन्तुलन मिलाउनकै लागि पनि अस्मिता थारुको पल्ला भारी रहेको एमाले कार्यकर्ताहरुले आँकलन गरेका छन् । २०७४ सालको निर्वाचनमा नगर प्रमुखमा एमालेका लुटबहादुर रावत र उप प्रमुखमा कांग्रेसका सन्जु चौधरीले चुनाव जितेका थिए ।

  • २७ चैत्र २०७८, आईतवार प्रकाशित

  • Nabintech