बैजनाथ।बैजनाथ गाउँपालिका वडा न ४ मा नेकपा एमालेको भावि वडा अध्यक्षका लागि
बालकृष्ण आचार्यको नाम सिफारिस गरिएको छ । आचार्य लाई सर्वसहमत रुपमा आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि वडा अध्यक्षमा सिफारिस गरेको हो ।
आचार्य लगाएत अन्य १२ जना वडा अध्यक्षमा आकांक्षा देखाएका थिए । अन्तमा सबै जनाले आचार्यलाई सर्व सहमत रुपमा भावि वडा अध्यक्षमा सिफारिस गरेका हुन।