९ जेष्ठ २०८२, बिहीबार

खजुरा गाउँपालिकाले एक हजार ६५ जनालाई निशुल्क स्वास्थ्य सेवा गर्यो
  • न्युज मानसराेवर

बाँके\खजुरा गाउँपालिका स्वास्थ्य शाखाले खजुराका १ हजार ६५ जना जेष्ठ नागरिकलाई निस्शुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।

घरदैलोमा स्वास्थ्य सेवा दिने उद्देश्यले संचालित ८ दिने निःशुल्क जेष्ठ नागरिक बिशेषज्ञ स्वास्थ्य शिबिरको अन्तिम दिन सोमबार सोनपुर स्वास्थ्य चौकीमा नागरिकलाई सेवा दिँदै सकिएको हो। शिविरको शुरूवात सितापुरबाट भएको थियो ।

खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेलका अनुसार ७० प्रतिशतमा मधुमेह र उच्चरक्तचाप, १० प्रतिशतमा वाथ, २० प्रतिशतमा अन्य विभिन्न समस्या देखाँ परेको थियोे ।अभियानमा फिजिसिएन डा. शंकर के.सी, डा.समीक्षा चन्द, डा.ईरफान शेषलगायत स्वास्थ्य शाखाको टीम रहेको थियोे ।

समापन कार्यक्रममा खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया बि.क, पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रदिप सुनार, वडा नं ७ का वडा अध्यक्ष अतिउल्ला खाँ लगायतले जेष्ठ नागरिकको स्वास्थ्य समवेदनशीललाई ध्यान दिँदै घरदैलोमै निशुल्क सेवा दिइएको बताए । बिशेषज्ञ सेवाका डा. प्रकाश नाग र डा। पारस श्रेष्ठ लगायत शिविरमा खटिएका स्वास्थकर्मीप्रति स्वास्थ्य शाखाले आभारी प्रकट गरेको छ ।

  • २८ चैत्र २०७८, सोमबार प्रकाशित

  • Nabintech