९ जेष्ठ २०८२, बिहीबार

बैजनाथ गाउँपालिकामा स्थानीय तह सदस्य निर्वाचन कार्यालय स्थापना
  • न्युज मानसराेवर

बैजनाथ \ बैजनाथ गाउँपालिकामा स्थानीय तह सदस्य निर्वाचन लक्षित कार्यक्रमलाई मध्यनजर गर्दै निर्वाचन कार्यालय स्थापना तथा परिचयात्मक कार्यक्रम  गरिएको छ ।

सर्व दलिय राजनितिक दलका प्रमुख, प्रतिनिधिहरुको सहभागितामा बैजनाथ गाउँपालिकामा निर्वाचन कार्यालय स्थापना गरिएको हो ।

निर्वाचन कार्यालयको स्थापनामा बोल्दै प्रमुख निर्वाचन अधिकृत टेक बहादुर थापाले निर्वाचन सफल बनाउन सबैको सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले निर्वाचन सफल र स्वच्छ बनाउन निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा नेकपा एमाले पालिका अध्यक्ष इन्द्र थापा , नेपाली काग्रेसका सभापति देव बहादुर केसी ,नेकपा समाजवादी दलका पालिका अध्यक्ष खड्क रजाली ,नेकपा माओवादी केन्द्रका पालिका सचिव मिरा कार्की , बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी ,सुरक्षा निकाय प्रतिनिधि प्रमुख पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

स्थानीय तह सदस्य निर्वाचन सफल बनाउन स्थानीय राजनितिक दल बुद्धिजिवी कर्मचारी लगाएतले आचार संहिता २०७८ पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धा व्यक्त गरेका छन। त्यसै गरी निर्वाचनलाई स्वतन्त्र निपक्ष भयरहित वातावरणमा सफल बनाउन सम्पूर्ण राजनितिक दल प्रतिवद्ध रहेको निर्णय समेत गरिएको निर्वाचन अधिकृतको कार्यालय लेखा अधिकृत पूर्ण प्रसाद जैसीले जानकारी गराए ।

बैजनाथमा निर्वाचन कार्यालय स्थापयसै गरी निर्वाचन कार्यतालिका बारे समेत सायक निर्वाचन अधिकृत दान बहादुर ऐडीले जानकारी
गराए । उनले उम्मेदवारको उम्मेदवारी बैशाख ,११ ,१२ गते गर्ने । उनले उम्मेदवारीहरुको अन्तिम नामावली बैशाख १२ गते ५ बजे पछि गरिने बताइएको छ ।

  • ८ बैशाख २०७९, बिहीबार प्रकाशित

  • Nabintech