९ जेष्ठ २०८२, बिहीबार

स्थानीय तह सदस्य निर्वाचनका लागि तात्यो कोहलपुरमा नेकपा एमाले
  • न्युज मानसराेवर

बाँके\नेकपा एमाले कोहलपुरले स्थानीय तहको निर्वाचन लक्षित कार्यक्रमहरु सञ्चालन गरेको छ । स्थानी तहको निर्वाचलाई लक्षित गर्दै बिहीबार नगर स्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

पार्टी नगर अध्यक्ष खिल प्रसाद भुषालको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला इन्चार्ज सूर्य ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न आकस्मिक  बैठकले कोहलपुर नगर इन्चार्ज उमेश गुरागाइँलाई संयोजक तथा सह–इन्चार्ज कुश्माखर बस्याल र राष्ट्रिय युवा संघका स्थायी कमिटी सदस्य खेमराज शर्मालाई सह–संयोजक तोकेको छ ।

उक्त कमिटीमा पार्टी नगर कमिटीका पदाधिकारी तथा सदस्य, पार्टी टोल कमिटीका अध्यक्षहरु सदस्य रहने व्यवस्था गरिएको छ ।

कोहलपुरमा रहेका जनवर्गीय संगठन, राष्ट्रिय युवा संघ, अखिल नेपाल महिला संघ, अनेरास्ववियु, अखिल नेपाल किसान महासंघ, उत्पीडित जातिय मुक्ति समाज, नेपाल राष्ट्रिय उद्योग व्यापार संघ, जिफन्ट, भूपु सैनिक प्रहरी संगठनका सबै पदाधिकारी तथा सदस्यहरु कमिटी सदस्य रहने नगर अध्यक्ष खिल प्रसाद भुषालले जानकारी गराए ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले जनताको स्वाभिमान र अखण्ड नेपालको रक्षा केवल नेकपा एमालेले गर्ने हुँदा आउदो निर्वाचन विजयी अनिर्वाय रहेको बताए। उनले पार्टीमा कही कतै मदभेद होलान तर निर्वाचन पछि मात्र त्यस्ता मदभेदमा बहस गरौला । ‘कसैलाई निर्वाचनको अघि मदभेद प्रकट गर्न छुट नरहेको बताए’ ।

उनले समृद्ध कोहलपुर निमार्ण नेकपा एमालेले मात्र गर्ने हुँदा पार्टीले समय अनुकूल उपयुक्त व्यक्तिलाई दिएको जिम्मेवादी तद अनुरुप सबैले कार्य सम्पादन गर्न आवश्यक रहेको बताए ।

त्यसैगरी, नेकपा एमालेसंवद्ध अन्य पेशागत संघ–संगठनहरुका पदाधिकारी तथा सदस्यहरु पनि निर्वाचन परिचालन कमिटीमा रहने भूसाललेजानकारी गराए । बिहीबार बसेको सोही बैठकले विभिन्न निर्णय समेत गरेको छ ।

बैठकबाट प्रदेश र केन्द्रिय सदस्यहरुले पार्टीको नीति र निर्देशन वमोजिम स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेद्धारहरुलाई जिताउन उत्प्रेरक भुमिका निर्वाह गर्ने र नगरका सबै वडाहरुमा निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय समेत भएको नेकपा एमाले कोहलपुरले जनाएको छ ।

  • ८ बैशाख २०७९, बिहीबार प्रकाशित

  • Nabintech