९ जेष्ठ २०८२, बिहीबार

समृद्ध बैजनाथ निमार्णमा पाँच बर्षे संक्षित समिक्षा
  • न्युज मानसराेवर

बैजनाथ गाउँपालिका लुम्बिनी प्रदेशको बाँके जिल्लामा अवस्थित रहेको छ । पूर्वमा कोहलपूर नगरपालिका छ । दक्षिणमा खजुरा गाउँपालिका रहेको छ ।  पश्चिममा मानखोला तथा उत्तरमा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका अवस्थित रहेको छ ।

गाउँपालिकाको केन्द्र साविक बनकटवा गाविसको कार्यालय रहेको स्थानमा रहेको थियो, हाल रामपुर वडा नम्बर ५ मा रहेको छ । साविकका चिसापानी, नौवस्ता, वनकटवा र टिटिहिरिया गाविस मिलेर गठन भएको हालको बैजनाथ गाउँपालिकाको नामाकरण ऐतिहासिक तथा राजनीतिक पृष्ठभुमि सँग जोडिएको छ । साविकको वनकटवा वडा नम्बर ३ र हालको वडा नम्बर ७ पेडारीमा जन्मेका बैजनाथ थारुको नामबाट यस गाउँपालिकाको नामाकरण भएको हो ।

जातीय हिसाबले मिश्रित बसोबास रहेको यस गाउँपालिकामा थारु, मुस्लिम, बाहुन, क्षेत्री, ठकुरी र दलित जातिहरु रहेका छन् । जातीय र भाषिक विविधता रहेको यस गाउँपालिका क्षेत्रमा मुख्य रुपमा हिन्दु धर्मावलम्बी नै रहे पनि मुस्लीम र  क्रिश्चियन धर्म मान्ने जनसंख्या पनि यहाँ रहेको छ । पश्चिमी तराइ क्षेत्रमा पर्ने यस गाउँपालिकाको सम्पूर्ण भुभाग समथर रहेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने केही भुभागमा चुरे क्षेत्रका विषेशता रहे पनि अधिकांश क्षेत्रहरु समथर रहेको छ । यस गाउँपालिकाको कुल जमिन मध्ये सबैभन्दा बढि क्षेत्रमा खेती गरिएको छ भने मध्यवर्ती क्षेत्र लगायतको बन जंगलले पनि उल्लेख्य क्षेत्र ओगटेको छ ।

गाउँपालिकाको वस्तुस्थिति विवरण २०८७ अनुसार  कूल क्षेत्रफल १४१.६७ वर्ग किलोमीटर रहेको छ ।  समुन्द्र सतहदेखि १४० मीटरदेखि २४५ मीटरसम्म रहेको छ ।  कूल जनसंख्या ६९ हजार २८२ रहेको छ ।  ती मध्ये पुरुषको संख्या ३५ हजार १९७ र महिलाको संख्या ३४ हजार ८५ रहेको छ ।  यस्तै घर परिवार संख्या १३ हजार ९८७, औसत परिवारको आकार ४.९४ जना रहेका छन् ।

यहाँका मानिसको प्रमुख पेसा अध्ययन १८.२१, कृषि÷पशुपालन १२.८८, ज्याला ११.४४, र बैदेशिक रोजगारी ५.५ प्रतिशत रहेको छ ।  उद्योग, पर्यटन तर्फ ५९ वटा मिल, उद्योग ५१, पर्यटकीय क्षेत्र १२, कृषि÷पशुपालन फार्म १८८ र व्यापार व्यवसाय १२९६ रहेको छ ।  वित्तीय संस्थातर्फ, ३ वाणिज्य बैंक, विकास बैंक १, लघु वित्त १६ वटा र ४८ सहकारी रहेका छन् ।  सामाजिक विकास तर्फ  शिक्षा अन्तर्गत  ६० बाल विकास केन्द्र, ३८ सामुदायिक विद्यालय, २० संस्थागत विद्यालय, सामुदायिक सिकाइ केन्द्र ३ वटा रहेका छन् ।

गाउँपालिकाको औसत साक्षरता ९०.५३ प्रतिशत रहेको छ । ९३.९७ प्रतिशत पुरुष र ८७.०९ प्रतिशत महिला साक्षर छन् ।  स्वास्थ्य संस्थाको संख्या हेर्दा प्राथमिक स्वास्थ्य केन्द्र १, स्वास्थ्य चौकी ३, आधारभूत स्वास्थ्य  सेवा केन्द्र ५  र आर्युवेद औषधालय एउटा रहेको छ ।  पूर्वाधार तर्फ ६३.७३ प्रतिशत सडक कालोपत्रे, १४८.६२ प्रतिशत सडक ग्राभेल, ५७.२ प्रतिशत कच्ची सडक र  अन्य ३३. ०५ प्रतिशत रहेको छ ।

प्रमुख धार्मिक पर्यटकीय सम्पदाको संख्या ६२, ४ वटा नदि तथा खोला, ३ वटा ताल र सीमसार क्षेत्र रहेको छ । बाघ, हात्ती, भालु, कृष्णसार,मयुर, साल आदी प्रमुख जैविक सम्पदा हुन् ।  संस्थागत र शुसासन तर्फ गाउँ कार्यपालिकाको कार्यालय वडा नम्बर ५  रामपुरमा रहेको छ ।  आठ वटा वडा कार्यालय रहेका छन् । कूल जनशक्ति २६६ जना रहेका छन् ।

बैजनाथ गाउँपालिकामा आर्थिक वर्ष २०७४ सालदेखि आर्थिक वर्ष २०७८ सम्म थुप्रै खाले विकास भएका छन् । स्थानीय तह संस्थागत गर्न आवश्यक कानुन निर्माण, आवश्यक भौतिक तथा पूर्वाधार विकास, कर्मचारी व्यवस्थापन, जनताका आधारभूत आवश्यकता पूर्ति तथा सेवा सुविधा लगायतका हिसाबमा बैजनाथ गाउँपालिकाले  महत्वपूर्ण कार्य सम्पादन गरेको छ । सन्तुलित विकास मार्फत समृृद्ध बैजनाथको अनन्त यात्रा तय गरिरहेको छ । गाउँपालिकामा रहेका विभिन्न शाखा मार्फत जनताको दैनिकीसँग जोडिएका कुरा, दिनुपर्ने सेवा र सहजता तथा पहुँचको समेत विस्तार भएको देखिन्छ , बैजनाथमा । आज हामी समग्र बैजनाथ गाउँपालिकामा विगत पाँच वर्षे कार्यकालमा देखिएका उपलब्धी बारे बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालका  शब्दहरु साभार गर्ने प्रयास गरेका छौँ  ।

बैजनाथमा सबैभन्दा धेरै भएको विकास मध्ये पूर्वाधार विकास एक महत्वपूर्ण खुड्किलो हो । बैजनाथमा विकासको कुरा गर्दा ५ वर्षको अवधिमा ३९. ३ प्रतिशत नयाँ ट्याक खुलेको छ । बाटो ग्राभिल तथा स्तरोन्नती ठेक्का मार्फत ३२.५ र उपभोक्त समिति मार्फत ४०.५ प्रतिशत भएको छ । गाउँपालिकामा ठेक्का मार्फत ३५ किलोमीटर कालापत्रे भएको छ । पक्की ( आरसीसी) रोड ३ सय मीटर बनेको छ ।

भवन निर्माण तर्फ ३ तले गाउँकार्यपालिकाको भवन, २\४ तले २ वटा वडा कार्यालय,१\१ वटा स्वास्थ्य चौकी, पशु शाखाको कार्यालय निर्माणधिन रहेका छन् । शिक्षा विकास तर्फ १६ वटा विद्यालय भवन निर्माण गरिएको छ । रामपुरमा पालिकास्तरीय खुला मञ्च र क्यान्टिन निर्माणाधिन छ । सबै वडामा खोप केन्द्रका पहुँच विस्तार भएको छ । ७ सामुदायिक भवन, वडा नम्बर ३ मा एक थारु संग्राहलय र वडा नम्बर २ मा कृषि प्राविधिक शिक्षालयको भवन निर्माण भएको छ । ४.५ किमी पक्की नाली निर्माण भएको छ । विद्यालय\जंगल \ सामुदायिक भवन र चिल्डे«न पार्क गरी कूल १० स्थानमा तार जाली घेराबार सम्पन्न भएको छ ।

खानेपानी तर्फ ५ सय घरधुरी लाभान्वित हुनेगरी गाउँपालिकामा १५ किलो मीटर खानेपानीको पाइप लाइन विस्तार भएको छ । खेती सिँचाइ र खानेपानीको लागि २० वटा समरसियल वितरण र सिँचाइ र खानेपानीकै लागि २ सय वटा धारा ( विद्युत मटर सहित) वितरण गरिएको छ । तटबन्धन तर्फ ५२० मीटर ग्याविन र तटबन्धन सम्पन्न भएको छ । ५७ लाख लागतमा ३.५ तले भ्यू टावर निर्माण गरिएको छ । वडा नम्बर ३ र ६ मा दुई वटा खेल मैदान निर्माण कार्य सम्पन्न भएको छ । यस्तै गाउँपालिकाले मठ मन्दिर तथा चर्च समेत निर्माण गरेको छ ।

१५ वटा नयाँ निर्माण,२५ वटा मर्मत तथा ५ वटा चर्च निर्माण भएका छन् । विभिन्न वडामा १० सार्वजनिक शौचालय निर्माण गरिएको छ । वडा नम्बर ६ मा हाइ म्याक्स लाइन जडान भएको छ । अन्य वडामा समेत विस्तारको तयारी गरिएको छ । वाटिका तथा चिल्डे«न पार्क तर्फ वडा नम्बर ६ मा चार वटा चिल्डे«न पार्क र वडा नम्बर ७ मा बाटिका निर्माण गरिएको छ ।

भ्यू टावर निमार्ण बैजनाथ गाउँपालिका वडा न ६

दुई वटा सालिक निर्माण गरिएको छ । यस्तै गाउँपालिकाको पहलमा संघ÷प्रदेश र संसद विकास कोषबाट निर्माण भएको पूर्वाधारमध्ये २.५ किलोमीटर सडक कालोपत्रे , १ कजवे, ११ वटा खानेपानी आयोजना, १ तीन तले विद्यालय भवन र २ वटा मोटरेवल पुल निर्माण भएको छ । सामाजिक विकास तर्फ कोभिडबाट मृत्यु भएका परिवारलाई जनही ४० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । अपाङ्ग ( ग वर्ग) लाई ५ सय का दरले मासिक भत्ता वितरण गरिएको छ । ६०–६९ वर्षका एकल पुरुषलाई मासिक भत्ता ५ सय रुपैयाँ दिने गरिएको छ ।

मुख्य उपलब्धिहरु बैजनाथ गाउँपालिकाले विगत पाँच वर्ष उल्लेख्य विकासका काम गरेको छ । स्थानीय तह निर्वाचन २०७४ मार्फत निर्वाचित जनप्रतिनिधिहरुले बैजनाथको विकासमा अहोरात्र खटिएका छन् । गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल ठकुरी हिजो निर्वाचित भएर आउँदा र अहिलेको बैजनाथमा धेरै परिवर्तन आएको बताउँछन् ।

सुकुमबासी समस्या साधान गर्नका लागि राष्ट्रिय भूमि आयोग सँग संझौता गर्दै काठमाडौँ

उनका अनुसार पाँच वर्षको अवधिमा बैजनाथले विकासमा काँचुली फेरेको छ । अनुभव गर्दै, सिक्दै, अभावसँग सामना गर्दै निर्वाचनताका गरिएका प्रतिबद्धताको ७० देखि ८० प्रतिशत काम सम्पन्न भएको उनको भनाइ छ । उनको मूख्य नारा अव्यवस्थित बसोबासी, सुकुम्बासीहरुलाई भोकचलन र जोतभोकका आधारमा जग्गा धनी लालपूर्जा वितरण गर्ने थियो । अध्यक्ष ठकुरी धेरै कुरा अघि बढिसक्दा समेत केन्द्रिय राजनीतिमा आएको उतारचडाबका कारण सम्पन्न हुन सकेको र प्रक्रिया भने सुरु भएको बताउँछन् ।

सुरुमा हामीले तत्कालीन भूमि आयोगसँग सम्झौता ग¥यौ । १० हजार ३ सय १५ घरधुरीको सर्वेक्षण गरिएको छ । अहिलेसम्म ३ सय ३२ जनाको प्रविष्ठि भइसकेको छ । ३ हजार ५ सय ३५ को स्क्यानिङ भएको छ । त्यसको लागि अमिन र सर्वेक्षक खटाएर वडा नम्बर ६ मा ३ सय ६० कित्ता नापनक्सा सहित कित्ताकाँट भएको छ । वडा नम्बर २ मा अमिनको टोली खटिएको छ ।

फागुन २९ गते फेरि आयोगसँग सम्झौता भएको छ । अहिले जिल्ला आयोग समेत गठन भएको छ । सकभर हामी हाम्रो कार्यकालमै जग्गा धनी लालपूर्जा वितरणको लागि कसरत गरिरहेका छौँ । दोस्रो प्रतिबद्धता थियो, बैजनाथमा क्याम्पस सञ्चालन गर्ने । त्यसको नामाकरण पहिले नै गरिएको थियो । शुभ प्रभात बहुमुखी क्याम्पस नामक क्याम्पस सञ्चालनका लागि रामपुरमा २ विगाहा जमिन छुट्याइएको छ ।

अहिले सम्बन्धनको प्रक्रियामा रहेको छ । यस्तै राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नौवस्ता औद्योगिक क्षेत्र । ठकुरीले सञ्चालनको लागि विशेष पहल गर्ने प्रतिबद्धता गरिएको सम्झिए । शिलान्यास भएको छ । तर प्रक्रिया अघि बढ्न सकेको छैन । बस्ती व्यवस्थापन नहुँदा उक्त आयोजना नै अन्यौलमा रहेको उनको भनाइ छ । वडा नम्बर २ र ३ मा २५०० सय घरधुरी लाभान्वित ५.५ किलोमीटर क्षेत्रमा विद्युतीकरण सम्पन्न भएको छ । बैजनाथले पाँच वर्षमा धेरै राम्रा काम गरेको छ । ती मध्ये शिक्षा क्षेत्र पनि एक हो ।

बैजनाथमा आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क गरिएको छ । मावि तहमा दरबन्दी मिलान गरिएको छ । बैजनाथ गाउँपालिकाका गरिब तथा विपन्न बालबालिकाहरुलाई उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्ति प्रदान गरिएको छ ।

यसैगरी स्वास्थ्य क्षेत्रमा समेत ठूलो फड्को मारेका छौँ । आठ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्रको पहुँच विस्तार भएको छ । १५ शथ्याको अस्पताल निर्माणका लागि डीपीआर सम्पन्न भएको छ । अहिले प्राथमिक स्वास्थ्य केन्द्र मार्फत एम्बुलेन्स सेवा सञ्चालन भइरहेको छ । यस्तै थप तीन वटा एम्बुलेन्स केही दिनमा गाउँपालिकामा आउनेछ । महिला स्वास्थ्य स्वयमसेविकालाई विशेष प्राथमिकताका साथ हेरिएको छ ।

गाउँपालिकाको तर्फबाट मासिम तलबका साथै पेन्सन समेत दिने गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै पारिवारिक बीमा गरिएको छ । सय गन्तव्य मध्ये एक रहेको गाभर भ्यालीको विकास, संरक्षण र पर्यटन प्रवद्र्धनको लागि गाउँपालिकाले धेरै लगानी गरेको छ । पर्यटन क्षेत्रको विकासको लागि गाउँपालिका तत्पर रुपमा लागिरहेको छ । होमस्टे प्रवद्र्धन गरिएको छ । कृषि क्षेत्रको विकास पनि हाम्रो प्राथमिकताको विषय हो । विषादीरहित व्यवसायलाई जोड दिइएको छ । बैजनाथ गाउँपालिका तरकारीमामा आत्मनिर्भर भएको छ ।

गाउँपालिकाले पहिलो वर्ष नै बाह्रै महिना सञ्चालन हुन सक्ने गरी संरचना निर्माण गर्ने भनेका थियौ । अहिले ठूला पुल निर्माण भएका छन् । तीन वटा झोलुंगे पुल÷साना पुल, एउटा ट्रष्ट व्रिज, एउटा ठूलो पुल बनेको छ । २५ वटा कल्र्भट विकास हालिएको छ । ५० किलोमीटर सडक कालोपत्रे भएको छ । ७० किलोमीटर सडक स्तरोन्नती भएको छ । लगभग सबै बाटाहरु ग्राभील भएका छन् ।

केही नयाँ ट्याक समेत खोलेका छौँ । २६ वटा शैक्षिक भवन, आधारभूत स्वास्थ्य केन्द्र निर्माण, यस्तै भ्यू टावर समेत निर्माण भएको छ । खेलकूद मैदानहरु निर्माण भएका छन् । बाल विवाह मुक्त गाउँपालिका घोषणा र पूर्ण खोप सुनिश्चिता घोषणा भएको छ । हिजो भन्दा आज राम्रो भएको छ । आज भन्दा भोली बैजनाथ समृद्ध बन्ने छ ।

कानुन निर्माणमा फड्को

बैजनाथ गाउँपालिका जनसंख्याका आधारमा बाँकेमा राप्ती सोनारी पछि दोस्रो ठूलो स्थानीय तह हो । यहाँ आठ वटा वडा रहेका छन् । साविक चार वटा गाविस मिलेर बैजनाथ गाउँपालिका बनेको हो । बैजनाथ गाउँपालिकाले विगत पाँच वर्षमा थुप्रै क्षेत्रमा विकास गरेको छ ।

आर्थिक, सामाजिक, पूर्वाधार, संस्थागत र शुसासनको विकास नै समृद्ध बैजनाथको आधार भन्ने नाराका साथ अघि बढिरहेको छ । शिक्षा, स्वास्थ्य, कृषि पर्यटन तथा ओद्योगिक क्षेत्रमा विकास गरेको बैजनाथ गाउँपालिकाले कानुन निर्माणमा समेत निकै ठूलो फड्को मारेको छ । गाउँपालिकाले २०७४÷४÷२९ गतेदेखि २०७८ सालसम्म आइपुग्दा ५० वटा कानुन निर्माण गरेको छ ।

गाउँपालिकाले विभिन्न मितिमा ऐन, नियमावली, कार्यविधि र मापदण्डहरु निर्माण गरेको छ । यी सबै कानुन राजपत्रमा प्रकाशित भइसकेको छ । गाउँपालिकाले निर्माण गरेको पहिलो कानुन बैजनाथ गाउँपालिकाका पदाधिकारीहरुको आचारसंहिता २०७४ हो । २०७४ सालमा गाउँपालिकाले १५ वटा कानुन निर्माण गरेको थियो । ती मध्ये ६ वटा कार्यविधि निर्माण भएका छन् ।

यस्तै तीन वटा ऐन,तीन वटा निर्देशिका र एक\एक वटा आचारसंहित र नियमावली रहेका छन् ।

यस्तै २०७५ सालमा ५ वटा र २०७६ सालमा एउटा मात्रै कानुन निर्माण गरिएको थियो । बैजनाथ गाउँपालिकाको साझेदारी विकास कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६ हो । यसैगरी २०७७ सालमा १२ वटा कानुन निर्माण गरेको छ । र २०७८ सालमा सबैभन्दा धेरै १७ वटा कानुन निर्माण गरेको छ ।

  • ९ बैशाख २०७९, शुक्रबार प्रकाशित

  • Nabintech