१२ मंसिर २०८१, बुधबार

श्रमलाई बुझेका समाजसेवि एमाले उम्मेदवार आचार्यको राजनितिक यात्रा
  • न्युज मानसराेवर

बाँके\ नेकपा एमालेले देशभरी उम्मेदवार दिइसकेको छ । स्थानीय तह सदस्य निवार्चनमा ३ गाउँपालिका अध्यक्ष  ,५३ वडा अध्यक्ष ,  ६३ वडा सदस्यमा विरविरोध विजयी भइसकेको जानकारी प्राप्त भएको नेकपा एमाले केन्द्रिय सदस्य सुर्य ढकालले बताएका छन। बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वचनका लागि बाँके जिल्लामा चुनाव रोचक हुने अनुमान गरिएको छ ।

पछिल्लो समय स्थानीय तह सदस्य निर्वाचनमा नयाँ युवाहरु लाई प्राय सबै दलले उम्मेदवार मैदानमा उतारेको देख्न सकिन्छ । बाँके जिल्ला निर्वाचन कार्यालयका अनुसार, बाँकेमा २ हजार ३ सय २९ जनाले मनोनयन दर्ता गरएका छन् ।मेयर पदमा ३३ जना, उपमेयरमा २० जना, अध्यक्षमा ४० र उपाध्यक्षमा ३६ जनाको उम्मेदवारी परेको छ । यस्तै वडा अध्यक्षमा ५१२ जना, खुला सदस्यमा ८७२ जना, दलित महिला सदस्यमा ३९२ जना, महलिा सदस्यमा ४२४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्थानीय स्तरमा चुनावी महोल तातिएको छ । अझ भनौ बाँकेमा थप रोचक त चुनावमा पार्टीले टिकट नदिएका कारण दल त्याग गर्ने स्वतन्त्र उम्मेदवारी दिने देखी लिएर एकै घरका दाजु भाई नै यो चुनावी महासग्रामा भिडन्त गरिरहेका दृश्य देख्न सकिन्छ ।

राजिनितिक विश्लेषण गर्ने नै हो भने बाँकेमा नयाँ सृजनशिल युवा युवतिहरुले आउदो चुनाव प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ देशरी भरी बाट नै जनसंख्या उच्च बृद्धि रहेको बाँकेको बैजनाथ त्यसमा थप रोचक छ । पछिलो जनगणना २०७८ अनुसार ७३ हजार ३ सय १५ जनसंख्या रहेको यो पालिकामा चुनाव महोल व्यपाक तातिएको छ ।एमालेको सरकार रहेको यो पालिकामा एमालेले  आफ्नो गढ इलाका बचाउन सक्छ कि सक्दैन त्यो भने बैशाख ३० पछिको मतगणनाले  थाह हुने छ । बैजनाथमा माओवादी केन्द्र र एमाले बाट विभाजित नेकपा एस विच गठबन्धन  छ ।

चुनावी महोल उच्च तापक्रम रहेको देख्न सकिन्छ ।  आज हामी बैजनाथ गाउँपालिका वडा न ४ का वडा अध्यक्षमा एमाले बाट आफ्नो उम्मेदवारी दिएका बालकृष्ण आचार्यको राजनितिक जीवनका बारेमा संक्षित चर्चा गर्ने छौँ ।कर्णाली जिल्लाको जुम्ला सिजामा बुवा शिवलाल आचार्य आमा चन्द्रदया आचार्यका जेष्ठ सन्ताका रुपमा २०१९ साल १ महिला २३ गते जन्मेका आचार्यको बाल्यकाल सामान्य रहेको देखिन्छ । एस.एल.सी सम्मको अध्ययन गरेका आचार्य आमाको मृत्यु पछि अध्ययन छोड्न बाध्य भए त्यस पछि साथी भाइको संगतले व्यपारमा छिरेका आचार्य २०५२ साल सम्म मजदुर किसान पार्टीमा आवद्ध थिए ।

आम किसानहरुको अधिकार सुनिश्चित गर्न र पन्चाय शासनको विरोधमा अग्रणी भूमिका खेलेका  आचार्य  सत्य बोल्ने र न्यायका लागि सर्घष गर्ने एक युवाका रुपमा आफ्नो पैचान बनाएका व्यक्ति हुन।   आफ्नो परिवारको स्वास्थ शिक्षाका लागि बाँके स्थित तत्कालिन नौवस्ता ४ मा बसाइ सराई गरेका थिए । पन्चायत शासन राप्रपा र नेपाली काग्रेसको आधार इलाका  मानिने नौवस्ता ४ मा तत्कालिन मयाराम  आचार्य र बालकृष्ण आचार्य नेकपा एमालेमा २०५२ सालमा समाहित भएका थिए ।

एमालेमा समाहित पश्चात संगठन निमार्ण जुम्ली समाजको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका मयाराम आचार्यको राजनितिक यात्रा भने टुंगियो । उनी स्वर्गीय भइसकेका छन। अब बाँकी छन त बालकृष्ण आचार्य  । २०७४ को स्थानीय तह सदस्य निर्वाचनमा अध्यक्ष उम्मेदवार बाट पछि हटेका आचार्य वडा सदस्यमा निर्वाचित भएका थिए ।  एमाले संगठन निमार्ण रुपान्तरण समाजका लागि नागरिकका आधारभूत आवश्यकता स्थानीय सरकारका योजना बस्ति बस्तिमा पुर्याएको अनुभव आचार्य सँग रहेको छ ।

श्रमिकका रुपमा आचार्य संघर्ष हो जीवन ।  त्यसमा पनि परिवारको उच्च शिक्षा र स्वास्थ्य कसरी राम्रो बनाउने सबै अभिभावको कर्तव्य  पर्ने हुँदा आचार्यले विभिन्न स्थानमा व्ययापार गरेको अनुभव संगालेका छन । साथी भाइको सहयोगमा व्यापारमा लागेका आचार्यले श्रमिकका दुख राम्रो सँग बुझेका छन। जुम्ली परिवारमा जन्मेका आचार्य गलैचा व्यपारमा नेपालका अधिकाश जिल्ला हुँदै भारत सम्म व्यपार गरेको अनुभव उनीसंग छ । त्यही व्यपारले दुई छोरा दुई छोरीको उच्च शिक्षा सम्म अध्ययन गर्न सफल भएका आचार्य हाल पुरै समय एमाले संगठन निमार्णमा नै क्रियाशिल छन।

समाजसेवाको यात्रा  समुदायका कसैलाई समस्या पर्यो भने सहयोगको  अपेक्षा गर्ने  पहिला आचार्यको घर नै हो । स्थानीय स्तरमा विकास निमार्ण देखि लिएर मन्दिर जस्ता विभिन्न समाजसेवामा आचार्यको भूमिका रहेको पाईन्छ । शिक्षामा जोड दिने आचार्य स्थानीय प्रयत्न अग्रेजी स्कुलका संस्थापक शेयर सदस्य हुन भने विभिन्न सहकारी संघ संस्थामा विद्यालय व्यवस्थापन समिति सदस्यमा विभिन्न कालखण्डमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पाईन्छ ।

उम्मेदवारी किन ?
२०५२ पछि  राजनितिक गरेका  स्थानीय भूगोललाई  बुझेका आचार्य ५ वर्षे कार्यकालमा एमाले सरकारले गरेका कामहरु संस्थागत विकास गर्न आफ्नो उम्मेदवारी रहेको बताउँछन।  बृद्धबृद्धा पार्क निमार्ण , बाल उद्यम निमार्ण ,पढ्दै कमाउदै स्कुल कार्यक्रम , पर्यटन विकासमा अधुरा कार्य सम्पन्न गर्न । युवा रोजगारी सृजना गर्न । दुर्घटना न्यूनिकरण गर्नाका लागि आकाशे पुल निमार्ण।

फोहोर व्यवस्थापन , खानेपानीका बाँकी अधुरा कामहरु पुरा गर्न। कृषि यान्त्रीकरण मार्फत अनुदानका कार्यक्रमहरु संचालन गर्न ।कृषका उत्पादित बस्तुहरुको उचित मुल्य र त्यसको बजारीकरण गर्न। वडामा कृषि चौतारी  समिति गठन गरि कृषि सुचना डिजिटल प्रणाली व्यवस्थित गर्न जस्ता योजनाहरु आचार्यका छन। समृद्ध बैजनाथ निमार्णका लागि हाम्रो सरकारले संचालन गरेका योजनाहरु मूलभूत रुपमा संस्थागत गर्न आफ्नो उम्मेदवारी रहेको बताए । उनले रिङरोड निमार्णका बाँकी अधुरा काम पुरा गर्ने बैजनाथ ४ लाई पर्यापर्यटन क्षेत्रमा विकास गर्ने जस्ता धेरै योजनाहरु आफु सँग रहेको दावि गरेका छन।

 

  • १५ बैशाख २०७९, बिहीबार प्रकाशित

  • Nabintech