१० जेष्ठ २०८२, शुक्रबार

समृद्ध कोहलपुरका आधारहरु पुरा गर्न एमाले उम्मेदवार विजयी गराउन ढकालको अपिल
  • न्युज मानसराेवर

बाँके\ नेकपा एमाले कोहलपुरले  उम्मेदवार परिचयात्मक  अभियानलाई तिब्रता दिइएको छ ।
नेकपा एमालेका केन्द्रिय सदस्य सुर्य ढकालको गृह नगर कोहलपुर नगरपालिकामा प्रदेश कमिटी क्षेत्रिय कमिटी जिल्ला कमिटी सबै निर्वाचनमा परिचालित भएका छन। एमाले उम्मेदवार विजयी गराउन सबै क्रियाशिल रुपमा सक्रिय भएर लागेका देख्न सकिन्छ ।

एमाले घरदैलो तथा उम्मेदवार परिचयात्मक अभियानलाई आज नेकपा एमालेले कोहलपुर वडा न ७ र ८ मा संचालन गरिएको नेकपा एमाले निर्वाचन कमिटी संयोजक उमेश गुरागाइले जानकारी गराए ।  एमाले उम्मेदवारहरुले समृद्ध कोहलपुर निमार्णका लागि ,संस्थागत रुपमा पूर्वाधार विकास एमाले सरकारले संचालन गरेका योजनाहरुमा थप सृजनात्मक योजना ल्याइने दावि गरेका छन।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उम्मेदवार खिल प्रसाद भूसालले यस अघि पार्टीले ल्याएको घोषणा पत्रका ५० बुदे घोषणा पत्र मध्य ५६ प्रतिशत कामहरु सम्पन्न भएको बताउदै बाँकी कामहरु निरन्तर रहेको बताए ।

उनले समाजवाद र समृद्ध कोहलपुर निमार्णका लागि सबैको सहयोग आवश्यक रहेको बताए । उनले जातिय विभेद लैगिक विभेद अत्यको लागि एमाले सरकार आवश्यक रहेको बताए ।उनले गरिब जनताका सन्ताहरु निशुल्क शिक्षा ,स्वास्थ्य सरकारको दाहित्व हुने बताए ।

त्यसै कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले समृद्ध कोहलपुर निमार्णका लागि एमाले उम्मेदवार लाई विजयी गराउन अपिल गरे । उनले जनताका साथमा सधैव रहने पार्टी र त्यस पार्टीमा आवद्ध रहेका उम्मेदवारलाई विजयी गराई समृद्ध कोहलपुर निमार्णका लागि संचालन गरिएका योजनाहरु पुरा कार्यान्वय गराउन समेत अनुरोध गरेका छन। कार्यक्रममा वडा अध्यक्ष सदस्य उम्मेदवार लगाएत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 

  • १५ बैशाख २०७९, बिहीबार प्रकाशित

  • Nabintech