१३ असार २०८२, शुक्रबार

आचार्यलाई समर्थन गर्दै शर्माले लिए बागी उम्मेदवारी फिर्ता
  • न्युज मानसराेवर

बाँके\ नेपाली काङ्ग्रेस कोहलपुरमा मेयर पदमा बागी उम्मेदवारी दिएका बलराम शर्माले उम्मेदवारी फिर्ता लिएका छ्न। निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शर्माले बागी उम्मेदवारी फिर्ता लिदै पार्टीबाट आधिकारिक उम्मेदवार बनेका पूर्णप्रसाद आचार्यलाई समर्थन गरेका हुन ।

बागी उम्मेदवारी फिर्ता लिएपछि शर्माले पार्टीले आधिकारिक उम्मेदवार बनाएको पूर्णप्रसाद आचार्यलाई जिताउन सबैमा अपिल गरेका छ्न । पार्टीको निर्णय आफुले मानेर जाने बताउँदै प्रदेश क्षेत्र नम्बर १ ख का सभापति समेत रहेका शर्माले सबै कार्यकर्ता तथा नेताहरुलाई कांग्रेसको पक्षमा एक हुन आह्वान गरे ।

  • १६ बैशाख २०७९, शुक्रबार प्रकाशित

  • Nabintech