१० जेष्ठ २०८२, शुक्रबार

चुनावी सभामा रुचालको गर्जनःकाग्रेसको दोहोर चरित्रका कारण बस्तिमा भ्रम सृजना गरियो
  • न्युज मानसराेवर

बाँके\ देश स्थानीय तह सदस्य निर्वाचनमा केन्द्रित रहेको बेला बाँके बैजनाथ गाउँपालिका अध्यक्ष तथा एमाले नेता मान बहादुर रुचालले समृद्ध बैजनाथ निमार्णका लागि ५ वर्षे कार्यकाल उपलब्धीमुलक रहेको दावि गरेका छन।उनले स्थानीय तहमा रहेका अधिकार प्रयोग गर्दै निर्वाचनमा गरिएका प्रतिवद्धता ८० प्रतिशत पुरा गरिएको बताए । बैजनाथ गाउँपालिका वडा न ३ मा गरिएको एमाले  चुनावी सभालाई सम्बोधन गर्दै नेता रुचालले बाँकी रहेका २० प्रतिशत कामहरुको स्वामित्व अब निर्वाचित हुने एमाले जनप्रतिनिधिहरुको रहेको बताए । उनले एमाले विजयी गराउन सबै तह र तप्कामा रहेका एमाले मन जन प्रति अपिल समेत गरेका छन। उनले ५ वर्षे अवधिमा ६० किलोमिटर बाटो पिच सगै ८० किलोमिटर बाटाहरु ग्राविल बाटाहरु गरिएको दावि गरे ।

उनले स्थानीय तहलाई संस्थागत विकास गर्नाका लागि वडा स्तरमा वडा कार्यालय निमार्ण स्वास्थ्य कार्यालय भवन निमार्ण सगै एकल पुरुष भत्ता आशिक अपाङ्ग भत्ता सुरक्षित प्रस्तुति गृह निमार्ण सँगै कोभिड बाट मृत्यु भएका अभिभावकहरुलाई नगद ४० हजार सहयोग गरेको
बताए ।उनले आर्थिक रुपान्तरण र महिला शशक्तिकरण निम्ति हेफर संस्थासँग समन्वयमा महिलाहरुको जीवन स्तर उकास्ने कार्य सगै किसानहरुका उत्पालित बस्तुहरुको बजारीकरण र सवल सक्षम महिला नेतृत्व निमार्ण गरिएको बताए ।

 एमाले शिक्षाका क्षेत्रमा प्राविधिक शिक्षालयको शुरुवात गरिएको बताउदै अब त्यसलाई अन्य क्षेत्रका प्राविधिक शिक्षा शुरुवात गर्न आवश्यक रहेका बताए । उच्च शिक्षा सम्म अध्ययनका लागि कलेज स्थापना गरि यहाँहरु नागरिकलाई राहत दिने कार्यको शुरुवात गरिएको बताउदै  प्रभात उच्च मावि लाई १ करोड रकम विनियोजन गरिएको बताए ।

उनले उच्च शिक्षा अध्ययन गर्ने छात्राहरुलाई अनुदान प्रदान गर्ने निति लिइएको बताए । रुचालले औद्योगिक क्षेत्रका बस्ति व्यवस्थापन गर्नाका लागि स्थानीय तहले औद्योगिक क्षेत्र सँग माग गरिएको

बताउदै नेपाली कांग्रेसको दोहोरो चरित्रका कारण बस्तिमा भ्रम सृजना गरिएको बताए । उनले त्यसको प्रतिवाद नेकपा एमाले पार्टीले गर्न आवश्यक रहेको बताउदै समृद्ध बैजनाथ निमार्णमा एमाले विजयी अनिर्वाय रहेको बताए ।

  • १७ बैशाख २०७९, शनिबार प्रकाशित

  • Nabintech