१० जेष्ठ २०८२, शुक्रबार

राजपत्रमा छापियो एमसीसी सम्झौता, अब कानूनीरुपमै कार्यान्वयनमा
  • न्युज मानसराेवर

बाँके\ नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको सम्झौता राजपत्रमा प्रकाशित भएको छ । दुई महिना अघि प्रतिनिधिसभाबाट व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएको सम्झौता राजपत्रमा प्रकाशित भएको हो । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले राजपत्रमा प्रकाशित गरेसँगै उक्त सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

नेपालको आर्थिक विकास र गरिबी निवारण प्रवद्र्धन गर्ने साझा लक्ष्यप्रति दुवै पक्ष प्रतिवद्ध रहेको भनिएको यस सम्झौताले नेपालको सुशासन, आर्थिक स्वतन्त्रता तथा नागरिकमा गरिने लगानी सुदृढ हुने अपेक्षा गरिएको छ ।

सम्झौता अनुसार ऊर्जा व्यापारलाई सहजीकरण गरी नेपालको विद्युत ग्रिडमा विद्युत् आपूर्तिको उपलब्धता तथा स्थिरतामा सुधार गरी विद्युत्को उपभोग वृद्धि गर्ने र रणनीतिक सडक सञ्जालमा सडकको गुणस्तर कामय राख्ने लक्ष्य रहेको छ । नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ गते अर्थात १४ सेप्टेम्बर २०१७ मा उक्त सम्झौता भएको थियो ।

  • १८ बैशाख २०७९, आईतवार प्रकाशित

  • Nabintech