बाँके\ पछिल्लो समय कोहलपुर नगरपालिका भित्र बढी भन्दा बढी सन्चालनमा ल्याईएको छिटोछरितो र सर्वसुलभ यातायात साधनको माध्यम हो अटो र ई- अटो रिक्सा । तर त्यसको व्यवस्थापन राम्रो हुन नसकेको गुनासो इ-अटो रिक्सा मजदुर संगठनका अध्यक्ष बिनोद थापाले उल्लेख गरेका छन।
श्रमिक मजदुरसँग प्रत्येक्ष जोडिएको अटो राम्रो सँगअटो र ई अटो रिक्सा व्यवसाय व्यवस्थापन गर्न नसक्दा अटो चालकले एकदमै दुख पाइरहेको छन थापाले भने । श्रमिक दिवसको दिन श्रमिक मजदुर सँग नेकपा एमालेका मेयर पदका उम्मेद्बार खिल प्रसाद भुषाल र उपमेयर पदकी उम्मेद्वार अस्मिता थारुले गरिएको परिचयात्मक कार्यक्रममा इ-अटो रिक्सा मजदुरका मात्र समस्या नराखी सम्पुर्ण मजदुरका समस्या समाधान बारे मेयर पदका उम्मेद्बार खिल प्रसाद भुषाललाई ध्यान आकर्षण गराएका छन् ।
उनले पहिले ई-अटो रिक्सा लाई कुनै पनि कागजात नचाहिने भनेर धमाधम संचालनमा ल्याइएको र अहिले इ- अटो रिक्सा चालकलाई सवारी अनुमती पत्र लगायत अन्य बिभिन्न सिफारिस चाहिने हुदा सिफारिस लिन जादा पालिकाका कर्मचारीले दुख दिने अनि सवारी चालक अनुमती पत्र लिन पनि धेरैलाई असहज भएको भन्दै यी सबै समस्या समाधानको लागि पहल गरिदिन उनले आग्रह गरेका छन् ।
मेयर पदका उम्मेद्बार भुषालले १३६औ अन्तरराष्टिय श्रमिक दिवसको अवसरमा बिश्व भरिका सम्पुर्ण मजदुर एक हौ।’भन्दै मजदुर दिवसको शुभकामना व्यक्त गरेका छन’। भुषालले जथाभावी पार्किङ गर्दा कोहलपुरमा व्यापक दुर्घटना भइरहेको प्रति चिन्ता व्यक्त गर्दै त्यसको अघिल्लो सरकारले गरेका कामहरुलाई पूर्णता दिन आफु र आफ्ना उम्मेदवारको पहिलो प्राथमिकता हुने बताएका छन।
उनले कोहलपुरका श्रमिकहरुको तथ्याक लिई उनीहरुको जीवन विमा मार्फत श्रमिकहरुको सम्मान गर्ने पहिलो कामको शुरुवात गरिने बताए । उनले कोहलपुर बजारलाई व्यवस्थापन गर्नाका लागि सबैको साथ सहयोग आवश्यक हुने बताउदै समृद्ध कोहलपुर निमार्णमा मजदुरहरुले पुर्याएको योगदानको सबैले कदर गर्न आवश्यक रहेको बताए । उनले कोहलपुरको स्वरुप सबै मजदुरहरुले गर्दा नै आज कोहलपुर कोहलपुर जस्तो भएको बताए ।