बैजनाथ । समृद्ध बैजनाथ वडा न ८ निर्माणका निम्ति एमाले उम्मेदवार विजयी गराउनु पर्ने एमाले गाउँपालिका अध्यक्ष उम्मेदवार घननाथ खनालले बताएका छन। बैजनाथ गाउँपालिका वडा न ८ को मोटरसाइकल र्यालीको समापन कार्यक्रममा बोल्दै खनालले सबै भन्दा धेरै बजेट आउने वडामा कांग्रेस निर्वाचित जनप्रतिनिधिले विकास गर्न नसकेको आरोप लगाए ।
उनले समृद्ध वडा बनाउनका निम्ति सबै एमाले उम्मेदवारहरुलाई विजयी गराउन अपिल समेत गरे । सामन्ती चिन्तन बाट मुक्त हुन र वडाको रुप बदल्न आवश्यक रहेको बताए ।
यहाँ पुल निमार्ण खाने पानी पक्की बाटो गुणस्तरीय शिक्षा र आर्थिक सवलिकरण ५ वर्षमा विकास खै ? केही गर्न नसकेको कांग्रेस जनप्रतिनिधिहरुलाई कटाक्ष समेत गरे। समृद्ध बैजनाथ निमार्णका लागि एमाले उम्मेदवारहरुको जीत आवश्यक रहेको बताउदै ३० गते साझ सम्म एमाले कार्यकर्ता नेता मैदानमा नै रहन अपिल समेत गरेका छन।
निर्वाचनको मिति नजिकिदै गर्दा पछिल्लो समय नेकपा एमालले बैजनाथ गाउँपालिकामा वडा स्तरीय चुनावी प्रचार लाई तिब्रता दिइएको
छ । वडा स्थित उम्मेदवार र पालिका उम्मेदवारहरुले घरदैलो तथा उम्मेदवार परिचयात्मक कार्यक्रमलाई तिब्रता दिइएका हुन ।
एमाले अध्यक्ष उम्मेदवार घननाथ खनाल उपाध्यक्ष प्रेम पूर्ण योगी वडा अध्यक्ष लगाएतले उम्मेदवाहरुले घरदैलो कार्यक्रम गरिरहेको एमाले पालिका अध्यक्ष इन्द्र बहादुर थापाले जानकारी गराए ।