बाँके\ स्थानीय तह सदस्य निर्वाचनमा बालुवा तस्कर र अराजतत्व गुन्डासँग एमाले मैदानमा उत्रिएको बताएका छन।नेकपा एमाले जिल्ला सचिव रत्न खत्रीले नेपाली काग्रेस र माओवादी केन्द्रका उम्मेदवारलाई लक्षित गर्दै समाजका अराजतत्व बालुवा तस्कर र गन्डाका नाइके जनता माथी राज गर्न मैदानमा उत्रिएको आरोप लगाएका हुन। एमाले बैजनाथ गाउँपालिका वडा न ५ को वडा चुनावी सभालाई सम्बोधन गर्दै नेता खत्रीले उक्त कुरा बताएका हुन।
खत्रीले माधव नेपाल माथी समेत कटाक्ष गरे । उनले विधि र नीतिका विषय माथी प्रश्न गरे । नेता खत्रीले कलमको चिह् पनि छोडेर रुख र हसिया हतौडामा मतदान गर्न समिकरण गर्ने कसैले नीति तथा कार्यक्रम के तपाईहरुको भन्यो भने एमाले हराउने ।
खत्रीले बृद्ध भत्ता दिने र आफ्नो गाउँ आफै बनाउ भन्ने नीति तथा कार्यक्रम नेकपा एमालेको हो ‘।भन्ने कुरा स्मरण गराउन जनातालाई आवश्यक नरहेको बताए ‘। उनले समृद्ध बैजना निमार्णका लागी सबैले आठ सुर्य छाप मा सात सुर्य छाप लगाइ मतदान गर्दै एमाले विजयी गराउन अपिल समेत गरे ।
अध्यक्ष उम्मेदवार घननाथ खनाल जनताको सेवकका रुपमा विगत ३० वर्ष देखी बैजनाथका जनताहरुको पिडा र एमाले संगठन निमार्णमा महत्वपूर्ण भूमिका उहाँको छ ।’ पार्टीले थप जिम्मेवारी प्रदान गर्ने उदेश्यले जनताको सेवक बन्नका लागि मैदानमा उत्रारेको बताए ।