१० जेष्ठ २०८२, शुक्रबार

समृद्धीको यात्रा पुरा गर्न एमाले उम्मेदवार विजयी गराउः रुचाल
  • न्युज मानसराेवर

बाँके\ नेकपा एमालेको  बैजनाथ गाउँपालिका  वडा न ५ को सभालाई सम्बोधन गर्दै एमाले प्रभावशाली नेता मान बहानदुर रुचालले समृद्धीको यात्रा पुरा गर्न एमाले उम्मेदवार विजयी गराउन अपिल गरेका छन।  रुचालले ५ वर्षे अवधिमा  समृद्ध बैजनाथ निमार्णका आधारभूत आवश्यकताहरु पुरा गरिएको समेत बताएका छन। उनले ७० किलोमिटर बाटो पिच ८० किलोमिटर ग्रावेल बाटो निमार्ण ,शिक्षामा स्तर उन्नती ,आधारभूत तह सम्म निशुल्क शिक्षा ,उच्च शिक्षा सम्म अध्ययन गर्नाका लागि प्रभात मावि जीगाउँलाई एक करोड रुपैया स्थानीय सरकारले उपलब्ध गराएको बताए । स्वास्थ्य कार्यालयको स्तर उन्नती वडा कार्यालयको भौतिक पूर्वाधार निमार्ण लगाएत योजनाहरु सम्पन्न गरेको बताए । कृषि यान्त्रीकरणमा रुपान्तरण पकेट क्षेत्रको स्तर उन्नती गर्नाका लागि उत्पादित बस्तुहरुको बजारीकरण गर्नाका लागि सहकारी सँग समन्वय गरिएको समेत बताएका थिए ।

उनले बैजनाथ गाउँपालिकामा महिला शशत्तिकरण र उहाँहरुको आर्थिक नता सामाजिक रुपान्तरणका लागि साना किसान उद्यमी सुढृढिकरण परियोजना मार्फत ४ हजार १ सय परिवार लाई संगठित गरिएको बताए ।

उनले समृद्ध बैजनाथ गाउँपालिका निमार्णका लागि सबै एमाले उम्मेदवार लाई विजयी गराउन अपिल समेत गरेका छन। कसैको भ्रममा नपर्न आग्रह गर्दै नेता रुचालले नेतामा हुनु पर्ने गुणहरु क्रमिक रुपमा विर्शजन गर्न तर्फ उन्नुख नहुन समाजवादीका नेताहरुलाई कटाक्ष समेत गरे ।

  • १९ बैशाख २०७९, सोमबार प्रकाशित

  • Nabintech