१० जेष्ठ २०८२, शुक्रबार

तीनवटा मौसमी प्रणाली सक्रिय, आज देशभर वर्षा हुने
  • न्युज मानसराेवर

बाँके\  हाल देशमा तीनवटा मौसमी प्रणालीको प्रभाव छ। स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू-भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली छ। प्रदेश नम्बर-१ को एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। अरू भूभागमा मौसम सामान्यता सफा रहनेछ। पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। अरू भूभागमा आंशिक बदली रहनेछ। प्रदेश-१, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

  • २० बैशाख २०७९, मंगलवार प्रकाशित

  • Nabintech