१४ असार २०८२, शनिबार

नेपालको अस्तित्व माथी प्रहार गर्न पचण्ड माधव नेपाल मोहरा बनेः नेता विश्वकर्मा
  • न्युज मानसराेवर

बैजनाथ\  बैजनाथ गाउँपालिका वडा न ६ को चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य नन्न विश्वकर्माले विकास सुशासन र समृद्धका लागि एमाले उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरेका छन ।

विश्वकर्माले विश्वमा नेपालको कम्युनिष्ट पार्टी कमाण्ड समाल्ने दाउमा रहेका प्रचण्डको सपना साकार हुन नपाउँदा अवरवाद र पुजीँपति वर्ग सँग कम्युनिष्ट विचार विर्शजन गरेको आरोप लगाए ।

उनले समृद्ध नेपालको सपना पुरा गर्ने हेतुले केपी ओली सरकारले गरेका कामहरु प्रति जनताको लहर रहेको बताए । उनले समृद्ध नेपालका आधारभूत आवश्यकताहरु केपी ओली सरकारका पालमा भएको देखेर त्यसको प्रतिकारमा सप्ता र शक्तिको आडमा एमाले हराउन उनीहरुले गठबन्धन गरेको आरोप लगाए ।

नेपालको सबै भन्दा ठुलो दल त्यसमा पनि राष्ट्रको रक्षा गर्ने पार्टी एमाले रहेका कारण छिमेकीहरु  नेपालको अस्तित्व माथी प्रहार गर्न पचण्ड माधव नेपाल लगाएत नेताहरु  मोहरा परिचालित भएको आरोप लगाएका थिए ।उनले समृद्ध बैजनाथ निमार्णका लागी सबैले सुर्य मा मतदान गर्नका लागि आग्रह समेत गरेका छन।

  • २० बैशाख २०७९, मंगलवार प्रकाशित

  • Nabintech