१४ असार २०८२, शनिबार

मेरो आर्शिरवाद छ ………
  • न्युज मानसराेवर

कोहलपुर\  नेकपा एमालेको तर्फबाट कोहलपुरमा मेयर पदका उम्मेद्वार खिल प्रसाद भुसालले सांस्कृतक रुपमा विविधता रहेको कोहलपुर नगरपालिका वडा नं.४ को विकासमा कटिबद्ध भएर लाग्ने प्रतिवद्धता जनाएका छन् ।

उनले वडा नं.४ मा बस्ने मुस्लिम, थारु र पहाडी समुदायहरुको धार्मिक सहिष्णुता कायम राख्दै विकास निर्माणदेखि पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको बताएका हुन् । घरदैलो कार्यक्रमको लागि सो वडामा पुगेका मेयर, उपमेयर र वडा अध्यक्ष लगायतको टिमले स्थानीयहरुको समस्या नै नेकपा एमालेको मुख्य एजेण्डा रहेको बताएका हुन् ।

चुनावी अभियानका क्रममा ८७ वर्षे जेष्ठ बृद्धाले एमाले उम्मेदवारलाई आर्शिरवाद दिदै तिमीहरु विजयी हुन्छौ भनेका थिए ।

घरदैलो कार्यक्रममा रहेको नकपा एमालेको टिमले वडा नं. १,२ र ४ को घरदैलो कार्यक्रम गरिएको थियो ।स्थानीय रामस्वरुप थारुले आफ्नो गाउँमा बाटो र विधुतका पोलहरु राख्ने काम एमालेको प्रयासबाट नै भएकोले यसपालिको निर्वाचनमा पनि एमालेकै उम्मेद्वारलाई मतदान गर्ने बताए । एमालेकै सरकारकै पालामा विकसित र समृद्ध वडा हुने समेत उनले विश्वास लिएको बताएका छन।

जनताका समस्याहरु सुन्दै मेयर पदका उम्मेदवार भुसालले समग्र कोहलपुरलाई आफुले नजिकबाट नियालेको बताउँदै हरेक वडाहरुमा रहेका समस्याहरुलाई योजनवद्ध रुपमा समाधान गर्दै समुसचित र न्यायिक रुपमा विकास गरिने प्रतिवद्धता जनाए । साथै उनले आफ्नो सम्पुर्ण टिमलाई विजयी बनाउन पनि जनतासामु आग्रह गरेका थिए । स्थानीय बृद्धबृद्धाहरुले मेयर उपमेयर र वडा अध्यक्षका उम्मेदवारहरुलाई जितको शुभकामना सहित आर्शिवाद पनि दिएका थिए ।

  • २१ बैशाख २०७९, बुधबार प्रकाशित

  • Nabintech