११ जेष्ठ २०८२, शनिबार

के स्थानीय तहको निर्वाचनमा मतदान गर्न छोरा आउँछ ! विष्णुमाया
  • न्युज मानसराेवर

बाँके\ स्थानीय तहको निर्वाचनको माहोल यति बेला प्रत्येक चोक गल्लि र घर घरममा छ ।  यति भैरहदाँ अझै केहि परिवारमा स्थानीय निर्वाचनमा मत माग्न आउने पार्टि दखेर केहि परिवारहरु बिगत सम्झदै झसंग हुने गरेका छन । यस्तै पात्र हुन कोहलपुर नगरपालिका वडा नं ८ की बिष्णु माया ढकाल । बि.स २०६१ भाद्र २५ गते हो । घरमा बुबाको श्रद्धा गर्दै गरेको छोरोलाई एक छिन भनि लगेका तत्कालिन बिद्रोही पक्ष माओबादीले अहिलेसम्म पनि उनको छोराको न लास दिएका छन न त साश नै ।

उनी सम्झन्छिन छोरा भोजराज ढकाललाई एक छिन काम छ ।आमा भन्दै लगेका सौहाही भन्ने ब्यक्ति र अर्का एक जना आएर लगेका थिए ।आमा बिष्णु माया ढकालले भनिन । धुप बाल्दै गर्दा उनीहरुले एक छिन भनेर छोरालाई घरबाट लगे यतिका बर्ष भैसक्यो कहाँ छ। के छ ?अहिलेसम्म केहि खबर पाएका छैनौँ । दिन बित्दै गए आफुहरुले पनि खोजि कार्य जारी राख्यो। तत्कालिन विद्रोही माओबादीहरु भेटिदा छोरो खै भन्दै आमा बिष्णुमाया उनीहरुको बाटो छेकर रुदै छोरालाई घर फर्कउन अनुनय बिनय गथिन्।

उनीहरुले (तत्कालिन माओवादीले) तपाईको छोरा आफुहरु सँग रहेको र केहि दिनमा घर फर्काउने बाचा गर्दै आएका थिए । बिस्तारै देश शान्तीतर्फ उन्मुख भयो । माओबादीहरु पनि बिस्तारै गाउँ घरमा देखिन थाले । छोरो अझै पनि आई पुगेको छैन । बिष्णुमायाको परिवार समाजमा राम्रौ पहुँच र समाज सेवा गर्दै आएको थियो ।

अहिले स्थानीय निर्वाचनको शिलसिलामा घरदैलोमा पुग्ने माओबादीका नेता तथा कार्यकर्तालाई उनको एउटै प्रश्न छ, मेरो छोरा खै ? मओबादीहरुलाई देख्दा उनलाई आफ्नो छोरोको सम्झनाले मुटु पोल्ने गरेको बताउछीन बिष्णु माया । र भन्छिन यस्ता अपराधीहरु अहिले भोट माग्छन पहिला हामी जस्ता धेरै नेपालीहरुलाई कति दुख दिएका थिए ।

कुन मुखले भोट माग्न सकेका हुन लाज नभएकाहरु बिष्णु माया भनाइ रहेको छ । छोरोको खोजीका लागि धेरै बर्ष बिभिन्न निकायमा धाइन । तर कुनै पनि निकायले आफ्नो छोराको खोजिका लागि ध्यान दिएनन । तत्कालिन माओवादी केन्द्र र नेपाल सरकार विच शाक्ति संझौता भएको पनि १७ वर्ष भइसकेको छ ।

अहिले सबै आफ्नो स्वार्थ पुरा गर्नका लागि आएको जस्तो लाग्ने उनी बताउँछिन । यसरी हामी जस्ताका सन्तानहरुको रगत होली खेलेकाहरु अहिले २०७९ सालको स्थानीय तह सदस्य निर्वाचनका लागि राम्रो काम गछौँ हामीलाई भोट दिनुहोस् भन्दै घरदैलो गर्दा उदेयक लाग्ने गर्दछ बताउछिन । यो त कबल एक प्रतिनिधी पात्रमात्र हुन। उनी जस्ता समाजमा लुकाईएका र लर्काउन बाध्य पारिएका धेरै का कथाहरु अझै पनि समाजमा विद्यमान रहेका छन।  तत्कालिन माओवादी केन्द्र र नेपाल सरकार विच शाक्ति संझौता भएको पनि १७ वर्ष भइसकेको छ । राज्य तर्फ र तत्कालिन विद्रोह पक्षले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेतापनि हाल सम्म कुनै प्रगति हुन सकेको छैन । तत्कालिन राज्यका तर्फ बाट प्रधामन्त्री रहेका शेर बहादुर देउवा र तत्कालिन विद्रोह पक्ष कमाण्डर प्रचण्ड हाल गठबन्धन सरकारको  बागडोर समालिरहेका छन।

  • २४ बैशाख २०७९, शनिबार प्रकाशित

  • Nabintech