बाँके \ बैजनाथ गाउँपालिका एमाले उम्मेदवार घननाथ खनालले आफ् विरुद्ध केही संचार माध्यममा अनावश्यक भ्रमपूर्ण समाचार प्रकाशन प्रति गम्भिर तुल्याएको बताएका छन। उनले बैजनाथ गाउँपालिका वडा न ४ मा ह्यूम पाईप खसालेको भन्ने कुरा झुट भएको बताएका छन। त्उनले लोकतन्त्रको महत्वपूर्ण संचार माध्यमले यसरी भ्रमपूर्ण समाचार प्रकाशन गर्नु लोकतन्त्र माथी नै खतरा भएको बताए । उनले यसलाई निर्वाचन लक्षित योजना अनुसार आफ्नो चरित्र हत्या गर्न आम संचारको प्रयोग गरिएको दावि गरेका छन।
त्यसको प्रतिउत्तर कानूनी उपचार हो। त्यसका लागि हामी वकिलहरु समन्वय गरी प्रेस काउन्सिल नेपाल , जिल्ला प्रशासन कार्यालय बाँकेमा मुद्धा हाल्ने तयारी रहेको बताए । उनले नेकपा एमाले उम्मेदवारहरुको लोकप्रियताको डरका रुपमा विपक्ष दलका केही झन्डहरुले भ्रमपूर्ण समाचार प्रकाशन गरेको बताएका छन। त्यसै गरी नियन्त्रणमा लिइएको ह्यूम पाईप स्थानीय नोवेल स्कुलको रहेको बुझिइएको छ ।
स्थानीय नोवेल स्कुलका कार्यकारी निर्देशक विर बहादुर विष्टले उक्त ह्युमपाईप विद्यालयको रहेको दावि गरेका छन।
उनले टेलिफोनमा कुरा गर्दै उक्त ह्युमपाईप माग पुष महिनामा टोल समितिले वडा कार्यालयमा निवेदन दिइएको र पछि उक्त निवेदन वडा बाट सिफारीस हुदै बैजनाथ गाउँपालिका विधिवत रुपमा पुगेको बताए ।
घननाथ खनालले दिइएको भन्ने सबै भ्रम हो उनले भनेका छन। उनले टेलिफोन सम्पर्कमा स्कुलको गेटमा राख्नका लागि बैजनाथ गाउँपालिका कर्मचारी तन्त्र बाट हामीले उक्त ह्यूम पाईप प्राप्त गरेको बताउदै भ्रमपूर्ण समाचार प्रति कुनै सत्यता नरहेको भनेका छन। विष्ट नेपाली काग्रेस जिल्ला सदस्यमा निर्वाचित समेत हुन ।