११ जेष्ठ २०८२, शनिबार

खनालको विपक्ष उम्मेदवारलाई कटाक्षःबैजनाथ कसरी समृद्ध बनाउन सकिन्छ? बहस गरौँ
  • न्युज मानसराेवर

बाँके\ बाँके जिल्लाको विकासको सम्भावना बोकेको बैजनाथ गाउँपालिकाको अध्यक्ष बन्ने दौडमा छन् नेकपा एमालेका नेता घननाथ खनाल ।खनालले बैजनाथलाई आफ्नो राजनीतिक जिवन सर्मपण गरेका छन् । दिनरात नभनी पार्टी संगठन मात्र होइन त्यहाँको हरेक दुःख सुखमा खटिएका छन् । अब पालिका अध्यक्ष बनेर बैजनाथलाई जिल्लाकै उत्कृष्ट पालिका बनाउने उद्घोष गरेका छन् ।

आर्थिक, सामाजिक र पर्यटकियरुपमा बैजनाथ उत्कृष्ट बनाउने खनालले बताए । मतदाताको घर–घमा पुगेर बैजनाथ बनाउने भिजन बुझाइरहेका खनाल भन्छन्–‘बैजनाथमा विकासको नयाँ मोडेल बनाउने थुप्रै सम्भावना छ । हामी यसलाई जिल्लाकै उत्कृष्ट पालिका बनाउन चाहान्छौं ।’

खनालप्रति मतदाताकाको आर्कषण देखेर अन्य प्रतिस्पर्धीहरु आत्तिएका छन् । आत्तिएका उनीहरुले भ्रम फैलाउदा खनालले भने बैजनाथलाई उत्कृष्ट पालिका कसरी बनाउने भन्ने भिजन लिएर मतदाताको घरमा पुगिरहेका देखिन्छन् ।

तर विपक्ष दलमा रहेका उम्मेदवार केद्रका अन्य जिल्लामा भएका नभएका कुरा लिएर एमाले हराउन हामीलाई मतदान गर्नु भनिरहेका छन। त्यसरी यहाँको विकास र समृद्धका योजनामा बहस गर्नाका लागि म चुनौति दिन्छ समृद्ध बैजनाथ निमार्णमा के कसरी काम गर्न सकिन्छ खनालले भनेका छन।

  • २५ बैशाख २०७९, आईतवार प्रकाशित

  • Nabintech