बुटवल\ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते नेपाल आउने भएपछि लुम्बिनीमा व्यापक तयारी थालिएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीमा ४ वटा हेलिप्याड निर्माण थालिएको छ ।दुई नम्बर गेटको दक्षिणमा आरसीसी ढलान गरेर ३० मिटर गोलाइको ४ वटा हेलिप्याड बनाउन थालिएको छ । हेलिप्याडसम्म ४ मिटर चौडाको बाटो पनि बनाउन थालिएको छ ।
नेपालका दुई हेलिकप्टरका लागि बिजुली बस चार्जिङ स्टेसनअघि अस्थायी र होक्के होटेलमा रहेको हेलिप्याड बनाउने बताइएको छ ।जर्मन स्तुपाको उत्तरमा बनाउन थालेको विहारसम्म पुग्ने बाटो पनि बनाइँदैछ ।
९ नम्बर गेट हुँदै विहारसम्म जाने करिब ७ सय मिटर बाटो पनि पक्की बनाउन थालिएको छ ।
उक्त विहार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रूपमा शिलान्यास गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री मोदी २५६६औं बुद्ध जयन्ती मनाउन नेपाल आउन लागेका हुन् ।