११ जेष्ठ २०८२, शनिबार

बैजनाथमा कांग्रेस माओवादीलाई धक्का एक सय ५० जनाले गरे पार्टी प्रवेश
  • न्युज मानसराेवर

बैजनाथ\ बैजनाथ गाउँपालिका वडा न ८ मा नेकाप एमालेले चुनावी सभा सम्पन्न गरेको छ ।

नेकपा एमाले केन्द्रिय सदस्य सुर्य ढकालको प्रमुख अथितिमा उक्त चुनावी सभामा एक सय ५० जना एमालेमा प्रवेश गरेका छन।

नेपाली काग्रेसका ९५ जना त्यसै गरी नेकपा माओवादी केन्द्रका ५५ जना गरी कूल एक सय ५० जनाले एमाले रोजेका हुन।

उनीहरुलाई नेकपा एमाले केन्द्रिय सदस्य सुर्य ढकालले पार्टीमा स्वागत गरेका छन।

ढकालले समृद्ध बैजनाथ निमार्णका लागि स्थानीय तहमा एमाले सरकार आवश्यक रहेको बताए । उनले लोकतन्त्रको बचाउ र समृद्ध नेपालको परिकल्पना लाई साकार गर्ने पार्टी एमाले विरुद्ध गठबन्धन बनेको बताए ।

उनले स्वास्थ्य शिक्षा स्वरोजगार बनाउन र ७ सय ५३ स्थानीय तह भन्दा उत्कृष्ट गाउँपालिका बनाउन एमाले विजयी गराउ पने बताए । उनले सरकारमा १ वर्ष सम्म गठबन्धनले केही कामहरु गर्न नसकेको कटाक्ष गरे र। उनले गठबन्धन सरकारले चरम गरिब मारा नीति लिएको बताए । आर्थिक सांस्कृति र मानव अधिकार हनन जस्ता घटानाले दैनिक भइरहेको समेत आरोप लगाएका छन।

उनले अपाकृतिक गठबन्धनले लिपु लेख लिम्पियादुरा ल्याउने कुरा गरेको छैन कसरी महगी बढाउने कसरी सप्तामा आफ्ना मन्त्रीहरु थपेर राज्यको श्रोत साधानको प्रयोग भन्ने उदेश्यका साथ बनेको बताए ।

चुवानी आम सभामा बैजनाथ गाउँपालिका अध्यक्ष उम्मेदवार घननाथ खनाल उपाध्यक्ष उम्मेदार प्रेम पूर्ण योगी वडा अध्यक्ष उम्मेदवार प्रेम खत्री  नेकपा एमाले जिल्ला अध्यक्ष किश्मत कक्षपति जिल्ला सचिव रत्न खत्री प्रदेश कमिटी सदस्य चन्द्र चौधरी  नेता मान बहादुर रुचाल लगाएतले चुनावी सभालाई सम्बोधन गरेका थिए ।

 

  • २५ बैशाख २०७९, आईतवार प्रकाशित

  • Nabintech