बैजनाथ\ बैजनाथ गाउँपालिका वडा न ३ मा नेकपा एमाले उम्मेदवाहरुले घरदैलो गरेका छन।
बैजनाथ गाउँपालिका वडा न ३ स्थित कालापानी टोलमा एमाले उम्मेदवाहरुले घरदैलो गरेका हुन। अभियानमा नेकपा एमाले बैजनाथ गाउँपालिका अध्यक्ष पदका उम्मेदवार घननाथ खनाल लगाएतले उम्मेदवारहरुले मतदाता शिक्षा संगै समृद्ध बैजनाथ निमार्णका लागि एमालेमा मतदान गर्न आग्रह गरेका हुन।
पछिल्लो सयम नेकपा एमाले गाउँपालिका अध्यक्ष पदका उम्मेदवा खनालले तिब्र रुपमा घर दैलो कार्यक्रममा बैजनाथमा गरिरहेका छन। घरदैलो कार्यक्रममा उपाध्यक्ष पदका उम्मेदवार प्रेम पूर्ण योगी वडा अध्यक्ष पदका उम्मेदवार कालि बहादुर खड्का सदस्य पदका उम्मेदवारहरुको सहभागिता रहेको थियो ।