बैजनाथ \ बैजनाथ गाउँपालिकामा नेकपा एमालेले अग्रता लिइएको छ ।
कूल २ हजार २ सय मतगणना गर्दा एमाले अध्यक्ष पदका उम्मेदवार खनालले १४ मतले अग्रता लिइएका हुन।
प्राप्त जानकारी अनुसार बैजनाथ गाउँपालिका एमाले उम्मेदवार घननाथ खनालले वडा न १को कूल एक हजार २ सय मतगणना गर्दा २ सय ९५ मत पाप्त गरेका छन।
त्यसै गरी नेपाली कांग्रेसका उम्मेदवार प्रकाश शाहीले वडा न १ बाट ४ सय ४० मत प्राप्त गरेका छन। त्यसै गरी बैजनाथ वडा न ८ मा १ हजार मतगणना गर्दा खनालले ४ सय ६६ मत प्राप्त गरी कूल ७ सय ६१ मत प्राप्त गरी कूल १४ मतले अग्रता लिएका छन।
त्यसै गरी नेपाली कांग्रेसका उम्मेदवार शाहीले वडा न ८ बाट ३ सय ७ मत प्राप्त गरी कूल ७ सय ४७ मत लिन सफल भएका छन। त्यसै गरी पालिका उपाध्यक्षमा भने २ हजार २ सय मत गणना गर्दा बराबरी मत प्राप्त गरेका छन। एमाले उम्मेदवार प्रेम पूर्ण योगीले वडा न १ मा ३ सय ३३ मत प्राप्त गरेकी छन भने वडा न ८ मा ४ सय ६३ प्राप्त गरी कूल ७ सय ९६ मत प्राप्त गरेकी छिन। त्यसै गरी नेपाली काग्रेस उम्मेदवार निर्मला रोकायले वडा न १ मा ३ सय ३३ र वडा न ८ मा ४ सय ६३ मत प्राप्त गरी कूल ७ सय ९६ नै मत लिन सफल भएकी छन।