११ जेष्ठ २०८२, शनिबार

महागठबन्धनलाई पराजय गर्दै एमाले उम्मेदवार रुचालको प्यालन विजयी
  • न्युज मानसराेवर

बाँके\  बैजनाथ गाउँपालिका वडा न २मा नेकपा एमाले उम्मेदवार राजु रुचाल विजयी भएका छन।

महागठबन्धन उम्मेदवार तर्फ बाट नेपाली कांग्रसका हिम बहादुर खत्री लाई रुचालले ४० मतको पछि पार्दै विजयी हासिल गरेका हुन।

बैजनाथ गाउँपालिका वडा न २ मा नेपाली काग्रेस नेकपा माओवादी केन्द्र नेकपा समाजवादी रा.प्रपा लगाएत दललाई रुचालले पराजय गरेका हुन । बैजनाथ २ मा कूल ४ हजार ३ सय ३५ले मतदान गरेका थिए ।

रुचाल संगै वडा महिला सदस्य शोभा कुमारी थारु,दलित महिला सदस्य सीता देबि विश्वकर्मा,खुल्ला सदस्य भुमिसरा थापा र भुवाने दमाई सहितको एमाले प्यालन विजयी भएको हो । यद्यपी आम संचारकर्मीलाई निर्वाचन आयोगले मत परिणाम विवरण उपलब्ध गराएको छैन ।

  • ५ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech