बाँके\ बुटवलमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन्। तिलोत्तमा नगरपालिकाकी ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले बुटवलका ५९ वर्षीय पुरूषलाई पक्राउ गरेको छ।
ती पुरुषले मिठाई खान दिने लोभमा फकाई बुटवल–११ देवीनगरस्थित रंगशाला नजिकै लगेर बालिकालाई बलात्कार गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले अभियुक्तलाई तिनाउ नदीको किनारबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाल हुन्। प्रहरीले अनुसन्धानका लागि आज अदालतबाट म्याद थपसमेत गरिसकेको छ।