१६ असार २०८२, सोमबार

चुनाव जित्नेलाई एमालेले दिँदैछ प्रशिक्षण, यी हुन् विषय
  • न्युज मानसराेवर

बाँके\नेकपा एमालेले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीका तर्फबाट निर्वाचित भएकाले प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ। असार २ र ३ गते प्रशिक्षण दिने निर्णय सचिवालय बैठकले सोमबार  गरेको हो।

सचिवालय बैठकले प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको खाकासमेत तयार पारिसकेको छ।  काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुने प्रशिक्षणमा  समाजवादको आधार तयार गर्ने र समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा योगदान पुर्‍याउन मद्दत पुग्ने गरी   प्रशिक्षण दिन लागिएको एमालेले जनाएको छ।

कार्यक्रममा समग्र राष्ट्रिय राजनीतिको बारेमा पनि प्रशिक्षण दिइनेछ। प्रशिक्षणमा एमालेबाट जितेका २०५ प्रमुख तथा अध्यक्ष र २४० उपप्रमुख तथा उपाध्यक्ष सहभागी हुनेछन्।

  • ३० जेष्ठ २०७९, सोमबार प्रकाशित

  • Nabintech