१५ जेष्ठ २०८२, बुधबार

समृद्ध बैजनाथ निमार्णका लागि सबैको सहयोग आवश्यक छ’ अध्यक्षः शाही
  • न्युज मानसराेवर

बैजनाथ \ बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा संचालित साना किसान उद्यमी सुढृढिकरण परियोजनाको अनुगमन तथा समन्वय समितिको बैठक सम्पन्न भएको छ । बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले कृषि यान्त्रिकरण प्रवर्द्धन सगै उत्पादन र उत्पादित बस्तुको बजारीकरण गर्नाका लागि हेफर मोडेल सकारात्मक भएको बताए ।

उनले समृद्ध बैजनाथ गाउँपालिका निमार्णका  लागि सबैको सहकार्य समन्वय हुन आवश्यक रहेको बताउदै निर्वतमान सरकारले संचालन गरेका राम्रा कामहरुको स्वामित्व ग्रहण गरिने कार्यक्रममा बताएका छन।

कार्यक्रममा बैजनाथ गाउँपालिका वडा न १ का अध्यक्ष रुप बहादुर मल्लले गरिब किसानहरुको आर्थिक रुपान्तरण र महिला शशक्तिकरणमा परियोजनाले खेलेको भूमिका उल्लेखनीय रहेको बताउँदै नयाँ निर्वाचित जनप्रतिनिधिहरुले समेत यसलाई ग्रहण गर्दै लैजानु पर्ने धारणा राखेका थिए  ।त्यसै गरी कार्यक्रममा बोल्दै बेजनाथ गाउँपालिका वडा न ३ का अध्यक्ष निखिल बैगारले समृद्ध बैजनाथ निमार्णका लागि परियोजनाको मर्म र मोडेल उत्कृष्ट रहेको बताए ।उनले कार्यक्रमलाई थप प्रभावकारी बनाउन पालिका स्तरीय अनुगमन गरी परियोजनालाई थप उत्कृष्ट बनाउनु पर्ने धारणा राखेका थिए ।कार्यधmममा वडा न ५ का वडा अध्यक्ष देव बहादुर रावलले अध्यक्ष सँग किसान कार्यक्रम घोषणा गरिनु र बैजनाथ गाउँपालिका भित्र हेफर मोडेलमा कामहरु भइरहनु कार्यक्रम का लागि थप सृजनशिल हुने अवसर भएको बताए ।

रावतले भारत बाट आउने मासु जन्य बस्तुहरुलाई रोग्न परियोजनाले महत्वपूर्ण योगदान रहेको बताए । कार्यक्रममा आर्थिक विकास समिति संयोजक तथा बैजनाथ गाउँपालिका वडा न ४ का अध्यक्ष प्रेम बहादुर शाही बैजनाथ पुश शाखा प्रमुख खड्क बहादुर सिह हेफर नेपालका प्रकाश केसी लगाएतले आ आफ्नो धारण राखेका थिए । गैर सरकारी महासंघका केन्द्रिय सदस्य धर्मलाल रोकाया   सामाजिक विकास समिति संयोजक भूमिसरा राना उत्पीडित सामुदायिक विकास केन्द्रका अध्यक्ष डिल बहादुर परियार हेफर प्रोजेक्ट नेपालका शरद पोख्रेल लगाएतको सहभागिता रहेको थियो ।

  • २ असार २०७९, बिहीबार प्रकाशित

  • Nabintech