बाँके\ बाँकेमा राप्ती नदीमा नुहाउने क्रममा डुबेर युवाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका ५ गोरधुईका २६ वर्षीय नरबहादुर कामी बुधबार दिउँसो इन्टेक नजिकै राप्ती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।कामी बेपत्ता भएपछि तत्काल सशस्त्र प्रहरी बल नम्बर ४२ गण शम्शेरगन्ज र बैजापुर प्रहरी चौकीको टोली टनास्थलमा पुगेर खोजी गरेको थियो ।
बिहीबार बिहान साढे ११ बैजापुर प्रहरी चौकीको टोली र स्थानीयले राप्तीसोनारी ६ ढलैयाघाटबाट कामीको शव फेला पारेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।
सशस्त्र प्रहरी बल शम्शेरगन्जबाट प्रहरी निरीक्षकसहितको टोली र ईलाका प्रहरी कार्यालय बैजापुरबाट पनि खटिएको थियो ।