६ पुष २०८१, शनिबार

बाबुरामको नेतृत्वमा नेपाल समाजवादी पार्टी
  • न्युज मानसराेवर

काठमाडौँ\ जनता समाजवादी पार्टी छाडेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टीको नाम नेपाल समाजवादी पार्टी रहने भएको छ ।

निर्वाचन आयोगमा यसअघि नै दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी बनाईएको छ ।

भट्टराई निकट नेताका अनुसार नाम अद्यावधिक भएको पार्टी नै अब डा.बाबुराम भट्टराईको नेतृत्वमा रहनेछ ।

त्यसका लागि केन्द्रीय समितिको पुनर्गठन लगायतका काम भने बाँकी नै छ । नेपाल समाजवादी पार्टी रहनेगरी नाम अद्यावधिक गर्ने काम आज सम्पन्न भएको छ । अब छिट्टै नै केन्द्रीय समिति पुनर्गठन गरी बाबुरामजीको नेतृत्वमा ल्याउने काम हुनेछ’, ती नेताले नेपाल प्रेससँग भने ।

हाल नेपाल समाजवादी पार्टीको अध्यक्षमा दीपक लामिछाने रहेका छन् ।

  • १२ श्रावण २०७९, बिहीबार प्रकाशित

  • Nabintech