बाँके\ सत्तासाझेदार नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाललाई काेभिड संक्रमण पुष्टि भएकाे छ। बिहीबार (आज) गरिएको परीक्षणमा उनलाई संक्रमण पुष्टि भएकाे हाे। अहिले सामान्य लक्षण देखिएकाे र घरमै आराम गरिरहेको उनले जानकारी दिएका छन्।स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरेकाे उनले जनाएका छन्।