२६ जेष्ठ २०८२, आईतवार

देशका अधिकांश स्थामा आज वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके/आज गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मधेश प्रदेशबाहेक देशभरका अधिकांश स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आइतबार बिहानसम्म भएको भारी वर्षाका कारण विभिन्न खोला तथा नदीमा जलसतह बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सबै नदीमा जलसतह बढ्दो रहेको विभागले जनाएको छ। विभागले मनोहरा नदीमा जलसतह सतर्कता आसपाससम्म पुग्न सक्ने भन्दै पछिल्लो तीन घन्टासम्म उच्च सतर्कता  अपनाउन आग्रह गरेको छ।

यस्तै आइतबार दिउँसो देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ।

देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज राति प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही  स्थानहरूमा  र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको महाशाखाले जनाएको छ।

 

  • २९ श्रावण २०७९, आईतवार प्रकाशित

  • Nabintech