६ पुष २०८१, शनिबार

फेसन सो र मिसेज नेपालगन्जको अडिसन भोली देखि शुरु हुने
  • न्युज मानसराेवर

बाँके\ अहिलेसम्मकै ठुलो राशी पुरस्कार भएको तिज नृत्य प्रतियोगिता सगै फेसन सो र मिसेज नेपालगन्जको अडिसन भोली देखि नेपालगन्जमा सुरु हुने भएको छ ।

अवध मिडिया ग्रुप प्रा.लि द्धारा सन्चालित जी नेपाल फोरके टेलिभिजनले ५१ हजार पुस्कार राशीको तिज नृत्य प्रतियोगिता सगै फेसन सो र मिसेज नेपालगन्ज आयोजना गर्न लागेको हो ।

उक्त प्रतियोगितामा गृहणी महीलाहरुले मात्र भाग लिन पाउने टेलिभिजन सन्चालन आशिष गुप्ताले जानकारी दिए । घरको काममा मात्र सधै ब्यस्त रहेने गृहणी महीलाहरुलाई लक्षित गरि आयोजना गरिएको प्रतियोगिताको अडिसन सिद्धार्थ कटेज नेपालगन्ज , मेरो प्लानेट नेपालगन्ज ,खजुरा मिनि पार्क र कोहलपुरको सेन्टर प्लाजामा हुने गुप्ताले जानकारी दिए ।

उनका अनुसार यो प्रतियोगितामा नृत्य र फेसन सगै मिसेज नेपालगन्ज बिधाका फस्ट रनरअपले ५१ हजार , सेकेन्ड रनरअपले ३१ हजार , थर्ड रनरअपले २१ हजार पुरस्कार र गिफ्ट ह्याम्पर पाउनेछन् । नृत्य सम्बन्धि यो सबैभन्दा ठुलो राशी पुरस्कारको प्रतियोगिता भएको समेत उनले दाबी गरे ।

  • १ भाद्र २०७९, बुधबार प्रकाशित

  • Nabintech