२७ फाल्गुन २०८१, मंगलवार

सुनको मूल्य तोलामा तीन सयले घट्यो
  • न्युज मानसराेवर

बाँके\नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघकाअनुसार बुधबारको तुलनामा बिहिबार सुनको भाउ प्रतितोला तीन सय रुपैयाँले घटेको हो।

यसअघि प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज घटेर ९५ हजार ९०० रुपैयाँमा कारोबार हुनेछ। यसैगरी ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको तेजावी सुनलाई आज ९७ हजार ४०० रुपैयाँ पर्नेछ।

यता, चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको महासंघले जनाएको छ। यसअघि प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार १९५ रुपैयाँमा कारोबार हुनेछ।

  • २ भाद्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech